सुर्खेत/कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिकाले नगर बस संचालन गर्ने भएकाे छ । रास्काेटले आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रममा नगर बस संचालन गर्ने कार्यलाई पहिलाे प्राथमिक्ता दिएकाे हाे ।
रास्काेट नगरपालिका मेयर धर्मराज शाहीकाे अध्यक्षतामा भएकाे नगर सभामा उप-मेयर मनीराज बरालले नीति तथा कार्यक्रम सार्बजानिक गर्दै नगर बस सञ्चालन, नगर प्रहरीको गठन, मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन, उप- मेयर सशक्तीकरण कार्यक्रम सञ्चालन, सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरण, जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, दन्द्ध पिडित, विपन्न दलित परिवारका छात्रछात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि “मेयर छात्रवृत्ति कोष स्थापना”, रास्कोट बहुमूखी क्याम्पस सञ्चालन गर्ने बताए ।
उनका अनुसार रास्कोट नगरपालिकाको पहिचान सहित लोगो कायम गरिने, वातावरण संरक्षणका लागि रास्कोट नगरपालिकको लोगो सहितको झटपट झोला वितरण गरिने, रास्कोट कोशेली घर स्थापना, एक घर एक धारा कार्यक्रमद्धारा स्वच्छ खानेपानीको पहुँचमा विस्तार, पर्यटन प्रर्वधनका लागि होमस्टे स्थापना, नागरिक निर्जीवन दुर्घटना बिमा कार्यक्रमको निरन्तरता, रास्कोट नगर अस्पतालबाट विषेशज्ञ सेवा प्रवाह गर्ने, आरसिपी बजारको विस्तृत सर्वक्षण गरी व्यवस्थापन गरिने, जल, जंगल, जमिन र जनश्रमको परिचालन गर्न नीति अवलम्वन गरिने, पूर्वाधार विकासकालागि भौतिक संरचनाहरुको स्तरोन्ती गरिने, बजेटको उद्देश्य हाँसिल गर्न प्राथमिकता कायम गरी संघ, कर्णाली प्रदेश निजि क्षेत्रसंग साझेदारीका आधारमा सहकार्य गरिने, कृषि आधुनिकिकरण, व्यवसायिकिकरण र हाइटेक नर्सरीलाई सञ्चालनमा ल्याइनेछ ।
रास्काेटले नगर-बस संचालन गर्ने
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १३ असार २०७९, सोमबार १८:२५