तिलागुफाले ल्यायो ६१ कराेड ९० लाख ६४ हजार ५ सय २६

सुर्खेत/कालिकाेट जिल्लाकाे तिलागुफा नगरपालिकाको एघारौं नगर सभाको उद्घाटन भएको छ।मेयर शंकरप्रसाद उपाध्यायकाे अध्यक्षतामा भएकाे स्थानिय सरकारकाे दाेस्राे कार्यकालकाे प्रथम नगरसभामा नगर उप-मेयर महेन्द्रबहादुर शाहीले लाेकप्रिय बजेट, नीति तथा कार्यक्रम सार्बजानिक गरेका हुन् ६१ कराेड ९० लाख ६४ हजार ५ सय २६ अनुमानित बजेट सार्बजानिक गरिएकाे छ । तिलागुफामा बजेट, नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक, युवा राेजगारी र उद्यमशीलताालाई विशेष प्राथमिक्ता दिएकाे छ ।
नगर उप- प्रमुख शाहीले नगरका चार वटा बिद्यालयलाई आबाषिय बिद्यालयका रुपमा बिकास गर्ने, शिक्षक नियमित गर्ने बिद्युतिय हाजिर, उत्कृष्ट व्यवस्थापन गर्ने बिद्यालय र उत्कृष्ट अंक ल्याउने चार जना बिद्यार्थीलाई छात्रबृति, आधारभुत तहकाे परीक्षा नगरस्तरिय, सबै ग्रामिण सडक ग्राभेल, हरेक घरमा करेसाबारी बर्षैभरी हरियाे सागपात र तरकारी, रैथाने बाली नगरले खरिद गरि बजारकाे सुनिश्चित्ता गर्ने, गुणस्तरीय काम र शुसासन लयागतकाे लाेकप्रिय कार्यक्रमहरु घाेषणा गरे । यस्तै नगरबासीकाे स्वास्थ्य बिमामा ५० प्रतिशत नगरले बेहाेर्ने, ७० बर्ष माथिका जेष्टनागरिक र गर्भवतिलाइ निशुल्क एम्बुलेन्स सेवा, फरक क्षेमता भएका बालबालिकाहरुलाई घरमै बिद्यालय, बालबिबाह, बाल हिंसा न्युनिकरण, बालमैत्री भाैतिक संरचना निर्माण, बालमैत्री नगर घाेषणा, बालहित काेषकाे निरन्तरता, बढी कर तिर्ने करदातालाई सम्मान गर्ने नीति तथा कार्यक्रममा समेटिएकाे छ ।

तपाईको प्रतिक्रिया