शुभकालिका गाउँपालिकाको आठौ गाउँ सभा उद्घाटन

सुर्खेत/कालिकोट जिल्लाको शुभकालिका उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्य (अनिल) को अध्यक्षतामा कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही (प्रज्वल) को प्रमुख आथित्यतामा उद्घाटन भएको हो ।
कार्यक्रममा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष धर्मकला शाही ,विशेष अतिथि माओवादी केन्द्र जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद चौलागाईं ,नेपाली कांग्रेस जिल्ला उपसभापति नन्दबहादुर शाही (घमन) नेपाल कम्युनिस्ट पाटी समाजवादी का जिल्ला सचिव तथा पुर्व गाउँपालिका अध्यक्ष खडान्नद चौलागाईं ,पुर्व उपाध्यक्ष पम्फा शाही ,जिल्ला समन्वय सदस्य अविसरा कुमाल ,माओवादी केन्द्र का नेता प्रदेश सदस्य जयबहादुर महतारा नेता महारुद आचार्य ,समाजवादी का नेता पुष्पराज आचार्य लगायतको उपस्थितिमा सुरु भएको अध्यक्ष आचार्यले बताए ।

 

तपाईको प्रतिक्रिया