समाजवादीनिकट अनेरास्ववियू पुनर्गठन गर्न माग

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूलाई पुनर्गठन गर्नुपर्ने माग उठेको छ।सुदेश पराजुली अध्यक्ष र आरती लामा महासचिव रहेको यो संगठनको बैठकसमेत बस्न नसकेको जनाउँदै सदस्यहरुले पार्टी अध्यक्ष माधव नेपालसहितलाई ज्ञापनपत्र बुझाएका हुन्।
संगठनमा स्थायी कमिटी सदस्य टीकाराम भण्डारीका अनुसार विभिन्न तीन बुँदे एजेन्डासहित मागपत्र बुझाइएको हो।

जसमध्ये पहिलो नम्बरमा अनेरास्ववियूको पुनर्गठन गरिनुपर्ने, संगठनमा ३२ वर्षे उमेर हद र पदाधिकारी रहन कम्तीमा स्नातक पूरा गरेको हुनुपर्ने योग्यता कायम गर्न भनिएको छ।
संगठन निर्माण भएको १ वर्ष बढी बितिसक्दा पनि केन्द्रीय कमिटीको बैठक हुन सकेको छैन। ने वि संघ जस्त संगठनमा उमेर हदबन्दी कायम हुदा बिधार्थी आन्दोलन र शैक्षिक अधिकारका लागि उमेर हदबन्दी कार्यान्वयन गर्न दवाव स्वरूप नेकपा एकीकृत समाजवादी अध्यक्ष लगायत लाइ ध्यानाकर्षण गराएको अनेरास्ववियू केन्द्रीय स्थाई कमिटी सदस्य हिक्मत जंग मल्लले बताउनुभयो
त्यसैगरी उक्त उमेर र शिक्षाको हदबन्दीले बिदा हुनेहरूलाई मातृपार्टीले महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने माग पनि उनीहरुले गरेका छन्।

तपाईको प्रतिक्रिया