सिँचाई कुलो निर्माण भएपछि गाउँमा खुशीयाली

कालिकोट/बर्षैं देखि सिँचाईको अभावमा भएको कालिकोट पचाँलझरना गाउँपालिका वडा-८को एक गाउँमा वर्षाैं पछि सिँचाई सुविधा पुगेको छ। गाउँपालिका-८ तल्छेना गाउँका स्थानीयले पहिलो पटक सिंचाई सुविधा पाएका छन्। आफ्नै गाउँ नजिकै खोला बग्ने भए पनि उनीहरुले सिंचाईको उपयोग गर्न पाएका थिएनन्।
गाउँले आफैले सिँचाई निर्माण गर्न सम्भव नभएपछि सिँचाई निर्माण गरिदिन पटक पटक विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा माग गर्दै आएका थिए। तर कतैबाट सिंचाई निर्माणको लागि काम सुरु हुन सकेको थिएन । स्थानीयको माग अनुसार यहाँ काम गर्दै आएको अनुकुल कोषको आर्थिक सहयोग,नेपाल सरकार वन तथा बाताबरण मन्त्रालय,संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम कार्यान्वयन र मानव अधिकार तथा बाताबरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट साझेदारीमा क्यापस कर्णाली परियोजनाले गाउँमा पक्की (कुलो) सहितको सिंचाई सुविधा पुगेको छ ।
गाउँभन्दा ६ सय ८० मिटर लामो सिँचाई कुलो गाउँमा पु-याइएको सिंचाई योजना निर्माण समितिका सचिव जया सार्कीले जानकारी दिए।त्यसमध्ये अहिले ६ सय ८० मिटर पक्की (कुलो) बनाएर गाउँमा सिंचाई पुगेको उनको भनाई छ।
गाउँमा सिँचाई पुगेपछि अब यहाँका स्थानीयहरु खुशी भएका छन्।यो वर्ष खेतबारीमा गहुँवालीमा सिंचाई गर्नुका साथै बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्न सजिलो हुने स्थानीय अंखु जैसिले बताइन्। सिँचाईको अभावले यसभन्दा अघि आकाशे पानीको भरमा मात्र खेती गर्दै आएको उनको भनाई छ। सिंचाई अभावले गर्दा हरियो सागपात र तरकारी समेत नपाउने यो गाउँमा अब भने तरकारी उत्पादन गरेर किसानले आर्थिक आम्दानी समेत गर्न सक्ने स्थानीयको आशा रहेको छ।
‘हामीहरुले गाउँमा सिँचाई कुलो निर्माणको लागि विभिन्न ठाउँमा माग गरेपनि कसैको चासो नदिँदा लामो समयदेखी सिँचाई सुविधा पुग्न सकेको थिएन्,’स्थानीय ले भने,पानी भएपछि अब यहाँ हरियो सागापात तथा फलफुल उत्पादन गरि बिक्री गरेर पैसा कमाउन पनि सजिलो हुने आशा गरेको छु।’
सिँचाई कुलो निर्माणको लागि नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले ४१ लाख४६ हजार ६सय११रुपैयाँ सहयोग गरेको क्यापस कर्णाली पपरियोजना संयोजक नरेन्द्र बहादुर शाहीले जानकारी दिए।
यहाँको करिब२०हेक्टर भन्दा बढि क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने उनको भनाई छ।६१ घरधुरी रहेको उक्त गाउँमा गाउँपालिकाको सिफारिस अनुसार सिँचाई कुलो निर्माणको लागि आफुहरुले सहयोग गरेको क्यापस कर्णाली परियोजना संयोजक शाहीले बताए।
सिँचाई कुलो निर्माण गर्दा यहाँका स्थानीयले गाउँमै स्थानीय रोजगार समेत पाएका थिए।लकडाउन भएको बेला गाउँको विकाससँगै आफुहरुले रोजगारी पाएको यहाँका अर्का स्थानीय लक्ष्य टमट्टाले बताए। अहिले गाउँमा सिँचाई कुलोको पानी आएको छ। उक्त कार्यक्रममा पचाँलझरना गाउँपालिका-८का वडाध्यक्ष डम्बरे टमट्टा,विश्व खाद्य कार्यक्रम संय‍‍ोजक कृष्ण योगि,कार्यक्रम अधिकृत रचना रसाइली ,हुरेन्डेक नेपाल कालिकोटका अध्यक्ष जजराज शाही,विश्व खाद्य कार्यक्रमका इन्जिनियर मनोज थापा,फिल्ड संयोजक राज बहादुर बुठथापा,क्यापस कर्णाली परियोजना संयोजक नरेन्द्र बहादुर शाहीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया