कालिकोट/ कालिकोटमा ८३ हजार ७६ मतदाताको सङ्ख्या पुगेको छ।खाँडाचक्र नगरपालिकामा पुरुष ५हजार ९सय ४६ र महिला ५ हजार ६सय१ छन् भने जम्मा ११ हजार ५ सय ४७ मतदाता रहेका छन् ,रास्कोट नगरपालिकामा पुरुष ५हजार ४सय ३४ र महिला ५हजार १ सय २ छन भने जम्मा १० हजार ५सय ३६ मतदाता सङ्ख्या छ,तिलागुफा नगरपालिकामा पुरुष ५हजार २ सय ९८ र महिला ४हजार ७सय २८ जम्मा १० हजार २६ मतदाता सङ्ख्या छ,नरहरिनाथ गाउँपालिकामा पुरुष ६हजार ६सय ८६ र महिला ६हजार १सय ३९ जम्मा १२ हजार ८सय १७ मतदाता सङ्ख्या छ,शुभकालिका गाउँपालिकामा पुरुष ४हजार ६सय ४९ र महिला ४हजार ३सय ७९ जम्मा ९हजार २८ मतदाता सङ्ख्या छ,पचालझरना गाउँपालिकामा पुरुष ३हजार ९ सय ९६ र महिला ३ हजार ८ जम्मा ७ हजार ५ सय ४ मतदाता सङ्ख्या छ,पलाँता गाउँपालिकामा पुरुष ४हजार ५सय ६ र महिला ३ हजार ६सय ७१ जम्मा ८हजार १सय ७७ मतदाता सङ्ख्या छ,महावै गाउँपालिकामा पुरुष २ हजार ८सय ६८ र महिला २हजार ६सय ८० जम्मा ५ हजार ५सय ४८ मतदाता सङ्ख्या छ,शान्नित्रिवेणी गाउँपालिकामा पुरुष ३हजार ७सय ५५ र महिला ४ हजार १ सय ३८ जम्मा ७हजार ८ सय ९३ मतदाता सङ्ख्या रहेको निर्वाचन कार्यालय कालिकोटले जानकारी दियो ।
आगामी निर्वाचनको तयारी स्वरुपम आयोगले गाउँगाउँमा पुगेर मतदाता नामावली संकलन गरेको थियो । स्थानीय तहका पदाधिकारीहरूको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिन साढे पाँच महिना बाँकी छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। त्यसैको तयारी स्वरुप नामावली संकलन गरिएको हो ।
कालिकोटमा मतदाताको संख्या असी हजार नाघ्यो
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ५ फाल्गुन २०७८, बिहीबार १८:४६