अधिकारी काे पहलमा सुर्खेतमा २ वटा सडक निर्माण हुने टेण्डर खुल्यो

कालिकोट/सुर्खेत जिल्लाकाे विरेन्दनगर नगरपालिका वडा-३ काे पाथिभरा टाेल विकास सस्थामा रहेका २ वटा सडक निर्माण हुने भएका छन ।
विगत लामाे समय देखि ओझेलमा रहेका साे सडक तत्काल निर्माण हुने भएका छन ।पानी पर्ना साथ सडक हिलाे हुने र गाडि फस्ने गरेकाले स्थानीय बासिले हैरानी खेप्दै आएका थिए ।
तत्काल सडककाे पक्की नाला,ग्राविल स्याल्याप बन्ने गरि ठेक्का खुलेकाे अधिकारी ले बताएका छन ।
कर्णाली प्रदेश सरकार पूर्व भुमि व्यवस्था कृषि तथा सहकारी माननीय मन्त्री कुर्मराज शाहीका स्वकीय सचिव नन्दकेश अधिकारी काे पहलमा दत्तसिह काे घर देखि निर्कला बिष्ट काे घर हुदै जाने २ बटा पञ्चज्वाला सडक मार्ग निर्माण हुन लागेका हुन ।
अधिकारीले आफ्नो फेसबुक स्टाटसमा लेख्नु भएको छ ।
आज म सारै खुसि छु पुर्वाधार विकास निर्देशनालय सुर्खेतले ठेक्का खाेलेकाे छ ।
मेराे मागलाई सम्बाेधन गरेर राजधानी एकीकृत पुर्वाधार विकास कार्यक्रम बाट ४६ लाख बार्षिक विकास कार्यक्रम अन्तरगत पुर्वाधार विकास बाट ७ लाख गरि जम्मा ५३ लाख बजेट विनियोजन गर्नु हुने कर्णाली प्रदेश सरकार का पुर्व भाैतिक पुर्वाधार तथा सहरी विकास मन्त्री माननीय अम्मर बहादुर थापा र सचिवालयमा कार्यरत कर्मचारीर पुर्वाधार विकास निर्देशनालय का ईन्जिनियर सर र मेडमलाई धेरै धेरै दिन चाहान्छु ।
हामीले जनताकाे हितमा जनताकाे मागमा रहेर काम गर्ने हाे विकास गरेर देखाउने हाे । घमण्ड नगराै,जनता माथी गरेको अन्याय र घमण्ड धेरै दिन टिक्दैन हैनर ?
सुर्खेत जिल्ला कर्णाली प्रदेश को राजधानी भएको जिल्ला हो।यहाँ अन्य विभिन्न जिल्लाका नागरिकहरूकाे बसाेबास रहेको छ यहाकाे जनसंख्या भन्दा अन्य जिल्ला बाट आएर बसाेबास गर्ने नागरिक काे सङ्ख्या धेरै रहेको देखिन्छ ।
यस कर्णाली प्रदेशकाे राजधानीकाे रूपमा रहेको सुर्खेत जिल्लाकाे विरेन्दनगर लाई सुन्धर ,सफा,धुलाे र हिलो मुक्त सडक बनाउन तपाई हामी सबैकाे महत्त्वपूर्ण भुमिका रहेको छ ।
यस राजधानीमा बाहिर अन्य जिल्ला बाट आएर विरेन्दनगर काे आस पास र भित्री सडकमा घर घरेडी बनाएर बसाेबास गरेका सर्वसाधारण जनताका मागलाई हेर्ने दृष्टिकोण फरक नगराै । सर्वसाधारण जनता माथी गरेको घमण्ड धेरै दिन टिक्दैन र हामी त्यस्तो घमण्ड टिक्न दिदैनाै ,विकास नभएको ठाउमा विकास गराै ।
सुर्खेत जिल्लामा यस भन्दाअगाडि हरेक वर्ष विकासी बजेट बाडफाड गरेको हेर्ने हाे भने जहाँ बर्सेनी बजेट परेर सडक बनेको छ ,जहाँ संरचना बनेका छन त्यहा बजेट हाल्ने अघिल्लो वर्ष बनेका संरचना भत्काउने र नया बजेट त्यहा हाल्ने गरेकाे सबैले घाम जस्तै छलङ्ग देखि नै रहेका छाै ।
यसले विकास हैन विनास गरेकाे छ । यदि विकास नै गर्ने हाे भने एकै पटक बाटाे ठुलाे र फराकिलो गरा,राज्यको ढुकुटी बालुवामा पानी हाले जस्तो काम नगराै।
हैन भने जहाँ हिलाम्मे सडक छ त्यहाका सडक बाटाे बनाउ । यस आ ब जसरि बजेट विनियोजन भएको छ सहि रूपमा भएको छ ।
खास कुराे के हाे भने यहाँ गत आ ब मा एउटा सडक निर्माणकाे कुरालाई लिएर गरेकाे खिचडीकाे विषयलाई लिएर केही कुरा लेखेको छु ।
सर्व प्रथम कर्णाली प्रदेश सरकारका पुर्व भाैतिक पुर्वाधार तथा सहरी विकास मन्त्री माननीय अम्मर बहादुर थापा र मन्त्री ज्यु काे सचिवालयमा कार्यरत कर्मचारी मिलन वि सी र महेश ढुङ्गाना लाई उच्च सम्मान गर्न चाहान्छाै ।
विकास मुखि भावना राख्दै, जनताका आबश्यकतालाई मध्यनजर गर्दै , हिलाम्मे सडक निर्माणलाई प्राथमिकता दिदै,सर्वसाधारण जनताका मागलाई सुन्दै बजेट बिनियाेजन गर्नु भएको छ । फेरि पनि कर्णाली प्रदेश सरकारका पुर्व भाैतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयका माननीय मन्त्री हाल एकीकृत समाजवादी पाटीका कर्णाली प्रदेश अध्यक्ष कमरेड अम्मर बहादुर थापा र मन्त्री थापाको सचिवालयमा रहेर सहज रूपमा जनताको मागकाे सुनुवाइ गर्दै,काम गर्नु हुने बिद्यार्थीका तारा,युवाका ढुकढुकी,मिलन विसी उक्त सचिवालयमा कार्यरत प्राविधिक क्षेत्रका एक दक्ष अनुभवी युवाका एक हस्ती विकास प्रेमी कमरेड महेश ढुङ्गाना हृदय देखि सुलट दिन चाहान्छु ,चाहान्छाै ।मेराे र हाम्रो मागलाई सहज रूपमा सम्बाेधन गर्नु भएको छ याे मेराे मात्र माग नभएर यहाँ बसाेबास गर्ने सर्वसाधारण जनताको माग हाे ।
यस टाेल र बस्तीमा बस्ने अधिकांश बासिन्दाहरू अशक्त निमुखा साेझासाझा नेपाली नागरिककाे बसाेबास रहेको पाथीभरा टाेल हाे । यस टाेलकाे हाम्रो सडक निर्माणकाे विषयमा मैले राखेको माग सुन्नु भएकोले कहिले पनि भुल्ने छैनाै।
सुर्खेत जिल्ला वि न पा ३ मा रहेकाे पञ्चवाला सडक मार्ग ,दत्तसिह काे घर देखि निर्कला बिष्टकाे घर हुँदै जाने २ वटा पञ्चज्वाल सडक निर्माण काे लागि म लगायत मेराे टाेल र बस्तीका जनसमुदायले विगत ३ -४ बर्ष देखि साे सडक निर्माण काे लागि वडा कार्यलय ,नगर पालिका र अन्य राेजगारिका आयाेजनाहरूमा माग गरियाे तर कुनै पनि क्षेत्रबाट सुनुवाइ भएन ,कसैले पनि हेरफेर र चासाे दिएनन ।
उल्टै सडक निर्माण गर्ने कुरामा राजनीति खेल्ने काम गरे किन कि यस बस्तीमा धेरै जसाे कालिकोट,जुम्ला,दैलेख र जाजरकोट जिल्लाका धेरै बासिन्दाहरूकाे बसाेवास रहेकाेले सुर्खेत मा आफ्नाे निर्वाचन क्षेत्र ठान्ने केही राजनीति दलका नेता ज्यु ले मतदाता हेर्ने गर्नु भयाे ।
गत आ व मा कर्णाली प्रदेश सरकारका प्रथम मुख्य मन्त्री महेन्द्र बहादुर शाहीसग साे सडक निर्माणकाे लागि याेजना माग गरियाे ।
तर नेकपा एमालेका यमलाल कडेलले आफ्नाे निर्वाचन क्षेत्र हाे झ्यालबाट याेजना हुदैन भन्दै साे सडक निर्माणकाे लागि छुटाईएकाे बजेटमा हस्ताक्षर समेत गर्नु भएन। काट्नु भयाे ।के सुर्खेत जिल्लामा अन्य जिल्लाबाट आएर बसाेवास गर्ने मानिस के नेपाली जनता हाेईनन ।

तपाईको प्रतिक्रिया