कालिकोट /एमसीसी विरुद्ध अखिल क्रान्तिकारी र वाइसीएलले गर्ये राँकेजुलुस अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध कालिकोट जिल्लामा अखिल क्रान्तिकारी र वाइसीएलले राँकेजुलुस गरेको छ। नेकपामाओवादी केन्द्र निकट वाइसीएल र अखिल क्रान्तिकारी कालिकोटले मान्मको जिरोप्वाइन्ट देखि प्रतिमाचोक हुदै जिल्ला प्रशासन कार्यालय सम्म राँकेजुलुस गरेको हो।एमसीसी सम्बन्धी सम्झौता खारेज गर,अमेरिकी साम्राज्यवाद मुर्दावाद जस्ता नारा लगाएका थिए।कालिकोटमा अखिल क्रान्तिकारी र वाइसीएलले मिलेनियम च्यालेन्ज कर्पोरेसनका विरुद्ध कार्यक्रम गर्दै आएको केन्द्रीय सदस्य भिम प्रसाद आचार्यले बताए ।
प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन,राष्ट्रघाती एमसीसी खारेज गर’जस्ता नारा लगाएका छन् ।उक्त कार्यक्रममा अखिल क्रान्तिकारी कालिकोटका अध्यक्ष नरेन्द्र आचार्य,कर्णाली प्रदेश कमिटी सदस्य नवीन हमाल,केन्द्रीय सदस्य भिम प्रसाद आचार्य ,मनसिंह शाही ,मिभ बहादुर बम वाइसीएलका नेता दिपक विष्ट लगाएत विद्यार्थी र वाइसीएलका नेताहरको सहभागीता रहेको थियो ।
एमसीसी विरुद्ध अखिल क्रान्तिकारी र वाइसीएलको राँकेजुलुस
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ४ फाल्गुन २०७८, बुधबार १९:४२