कालिकोट /एमसीसी विरुद्ध अनेरास्ववियूले देशभर प्रदर्शन गरेको छ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आज काठमाडौंको
बानेश्वरमा प्रदर्शन भएको छ। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ।विरोध प्रदर्शनमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली उपाध्यक्ष हिरेन्द्र शाही सहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन अगाडी एमसीसीको विरोधमा प्रदर्शनपछि भएको विरोधसभामा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियुका नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।उपाध्यक्ष हिरेन्द्र शाहीले दियो खबरलाई बताए । उहाँकाअनुसार उपमहासचिव नरेन्द्र न्यौपाने , भुपेन्द्र शाह, कल्याण दाहाल, मेघनाथ चापागाईं, महेश श्रेष्ठ, अशोक थापा, मिलन राई र सचिव मनिषा कार्की लगायत ४२ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नेपाल पुलिस क्लब काठमाडौंमा राखिएको समेत बताए ।
प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन,राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका छन् ।
एमसीसीको विरोध गर्ने क्रममा अध्यक्ष पराजुली सहित ४२ जना पक्राउ
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ४ फाल्गुन २०७८, बुधबार १४:४४