कृषि मन्त्री शाहिले बिरामी लाई राहत तथा उपचार सहयोग

कालिकोट /कर्णाली प्रदेश सरकारका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री माननीय चन्द्र बहादुर शाहीले मुगुका एक बिरामी लाई राहत तथा उपचारको ब्यबस्था गर्नु भएको छ।
मन्त्री शाहीले मुगु जिल्ला खत्याड गाउँ पालिका वडा-२ जाम गाउकि २५ बर्षिय कमला संज्याल लाई आइ.एन.एफ.द्वारा संचालित साइनिङ्ग अस्पताल सुर्खेतले हुइलचिएर,बेड तथा खाधान्न सहयोग प्रदान गरिएको कृषि मन्त्री शाहीका स्वकीय नवीन विश्वकर्माले बताए।
२ बर्ष पहिले काठमाडौमा गाडी दुर्घटना परि घाइते भएकी संज्यालको उपचार हुन नसक्दा शरिर पुर्ण रूपमा भएको थियो ।संज्याल लाई हाल फिजियोथेरापीका लागी अस्पतालमा निशुल्क हुने समेत बताए ।
जहाँ अप्ठ्यारो र समस्या हन्छ त्यहाँ मन्त्री शाहीले सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया