हिमपातका कारण मान्ममा खानेपानीको हाहाकार

कालिकोट/मान्म बजारमा खानेपानी हाहाकार भएको छ ।कालिकोट जिल्लामा आएको हिमपात पछि अवरुद्ध भएको मान्म खानेपानी आजसम्म मर्मत हुन नसक्दा मान्म बजारमा पानीको हाहाकार भएको हाे ।
दैनिक जीवनमा धेरै प्रयोग हुन पानी नै वर्षासँगै परेको हिमपातले बिग्रिएपछि कालिकोट जिल्लाको सदरमुकाम मान्मका नागरिक पानीबाट वञ्चित भएका छन् । एक सातासम्म पानीको हाहाकार भएपछि कतिपय नागरिकहरू आफ्ना दैनिक काम छोडेर घण्टौँ सम्म बजार नजिकै रहेका धाराहरूमा ल्याइन् लाग्नुपर्ने बाध्यता रहेको नमुना होटलका प्रो गोविन्द देवकोटाले बताए ।
गाउँबाट बजार कुनै कामको सिलसिलामा बजारमा कोठा भाडा लिएर बस्ने नागरिकहरूलाई एक हप्ता सम्म पानी अवरुद्ध हुँदा झनै समस्या भएको विद्यार्थीहरु बताउछन्।
यस अघिका वर्षहरू भन्दा यो वर्ष वर्षा र हिमपात धेरै भएको र टाढा लेखको भूभागबाट ल्याइएको पानी बिग्रिदा बजार क्षेत्रमा समस्या भएको भन्दै पानी छिटो मर्मत गर्ने खाँडाचक्र नगरपालिका नगर-प्रमुख जसि प्रसाद पाण्डेले ताकेता गरेपछि खानेपानीको प्राविधिकहरू मर्मत गर्ने गए मौसम बदलिले मर्मत टोली फिर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया