कालिकोट /अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध कालिकोट जिल्लामा प्रदर्शन भएको छ। नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल ,अनेरास्ववियू र समाजवादी प्रेस संगठनले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन,राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका छन् ।
प्रदर्शनकारीले एमसीसी खारेज हुनुपर्ने माग गरेका छन् ।
युवा संघ नेपाल कालिकोटका अध्यक्ष गणेश बहादुर शाही ,अनेरास्ववियू अध्यक्ष अमितमिलन शाही,प्रेस संगठनका अध्यक्ष किरण अधिकारी लगाएत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
नेकपा एकीकृत समाजवादी कालिकोट जिल्ला इन्चार्ज कुर्मराज शाही ,अध्यक्ष विश्वराज बम,उपाध्यक्ष द्वय चित्रसिंह गाउँले,कमल शाही,सचिव खडानन्द चौलागाईं ,उप-सचिव कृष्णकला पाण्डे ,दानबहादुर सहकारी,युवा नेता केशन शाही लगाएतको उपस्थिति भएको थियो ।
एमसीसी विरुद्ध कालिकोटमा प्रदर्शन
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १ फाल्गुन २०७८, आईतवार १४:५४