कुपिन्डे दहमा बस्ने युवा संघ नेपालको बैठक लाई ज्वालाले गर्ने सम्बोधन

कालिकोट/नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीको८ओैं पुर्ण बैठक आगामी फागुन ३ गते सल्यानको कुपोन्डे दहमा बस्ने भएको छ ।
बैठकमा पार्टीका महासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उक्त बैठकमा नेकपा एकीकृत समाजवादीका शिर्ष नेताहरु,युवा संघ नेपालका केन्द्रिय कमिटीका पदाधिकारी, स्थायी कमिटी सदस्यहरु, केन्द्रिय सदस्यहरुको उपस्थित रहने युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी अध्यक्ष अनिल बोगटीले बताए ।
त्यस्तै बैठकको लागि कर्णाली प्रदेशका जिल्लाहरु जुम्ला,हुम्ला,मुगु ,डोल्पा,कालिकोट,जाजरकोट,दैलेख,सुर्खेत,सल्यान,रुकुम पश्चिमका जिल्लाका इन्चार्ज/ सह- इन्चार्ज, अध्यक्ष तथा युवा संघ नेपालका नेता कार्यकर्ताहरुको सहभागी हुने बोगटीले बताए ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल कर्णाली प्रदेशले पर्यटकीय क्षेत्र लाई पनि प्रचारप्रसार गर्ने र घुम्ती बैठक सञ्चालन गर्ने उदेश्य रहेको अध्यक्ष बोगटीले बताए ।

तपाईको प्रतिक्रिया