कालिकोट /तिलाकर्णाली बहुमुखी क्याम्पस कालिकोटमा स्थानीय र कर्मचारीले लगाएको ताला खुलेको छ ।
३दिनपछि ताला खुलेको हो ।स्थानीय,कर्मचारी संग मध्यपश्चिम विश्वविद्यालयबाट आएको ३सदस्य छानवीन समितिले छलफल गरेपछि ताला खुलेको हो ।
सोमबार तिलाकर्णाली बहुमुखी क्याम्पस कालिकोटका क्याम्पस प्रमुखले क्याम्पसकै लेखापाललाई कार्यालयमै ढोका बन्दी गरी कुटपिट गरेपछि र स्थानीय लाई गरेको गाली गलौजले क्याम्पसमा तालाबन्दी गरेका थिए।
क्याम्पस प्रमुख लक्ष्मण सिंह लाई बर्खास्त गर्न माग गर्दै क्याम्पसमा तालाबन्दी र मध्यपश्चिम विश्वविद्यालय, जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय र स्थानीय तह लाई कानुनी कार्वाहीको माग समेत गरेका छन् ।
तिला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंह निलम्बनमा परेका छन् ।
क्याम्पस प्रमुख लक्ष्मण सिंहले माघ २४ गते क्याम्पसका लेखापाल पदम विष्टलाई कुटपिट,गाली गलौज,र स्थानीय संग पनि झगडा गरेका थिए। लेखापाल माथि भएको कुटपिटले क्याम्पसका प्रध्यापक र कर्मचारीले संयुक्त विज्ञप्ती निकाली कानुनी कार्वाहीको माग गरेका थिए ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लेखापाल माथि कुटपिट गरेको भन्दै क्याम्पस प्रमुख लक्ष्मण सिंहलाई निलम्बन गरि रुद्ध सापकोटालाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको छानवीन समितिका संयोजक दिप वहादुर रावलले बताए ।
छानवीन समिती र स्थानीय,कर्मचारी विच सहमति पछप तिलाकर्णाली बहुमुखी क्याम्पस कालिकोटमा गरिएको दोहोरो तालाबन्दी बुधबारबाट खुलेको छ ।
छानवीन समितिका संयोजक प्रा.डा.दिप बहादुर रावल,सदस्य उप-प्रध्यापक नारायण नाथ योगी,उप-प्रध्यापक तथ मध्यपश्चिम विश्वविद्यालयका कार्यक्रम निर्देशक चित्र बहादुर केसी सहितको छानवीन समिति कालिकोट पुगेको छ। घटनाको सत्यतथ्य विवरण लिनका लागि कालिकोट आएका छन् ।उक्त छानवीन समितिका संयोजक रावलको नेतृत्वमा आएको टिमले नयाँ क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटालाई क्याम्पस प्रमुखमा पदभारग्रहण गरेका छन् ।
उक्त घटना छानवीन गर्न बनेको ३सदस्य समिति यतिबेला कालिकोट आइपुगि आफ्नो काम अघि बढाएको छ।
३ दिनपछि खुल्यो तिलाकर्णालीको ताला
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २६ माघ २०७८, बुधबार १७:४१