जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै अध्यक्ष शाही

कालिकाेट/खाँडाचक्र नगरपालिका वडा-१०का वडा अध्यक्ष डिल बहादुर शाहीले जेष्ठ नागरिकहरुलाई जाडाे समयमा न्यानो कपडा वितरण गर्नु भएको छ। कालिकोट जिल्लाका लोकप्रिय जनप्रतिनिधि शाहीले स्थानीय तहमा निर्वाचित भए पछि जनता संग प्रत्येक बर्ष जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्दै आएको वडा अध्यक्ष शाहीले बताए ।उहाँका अनुसार १६० जना लाई सम्मान गरिएको बताए ।
प्रत्येक बर्ष माघमा न्यानो कपडा वितरण गर्दै आएका छन् ।हिमाली जिल्लामा पर्ने स्थानीय तह भएकाले चिसो बढ्दो क्रममा छ।

तपाईको प्रतिक्रिया