कालिकोट /नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षका लागि ओैधोगिक ग्राम बन्ने नगर तथा गाउँपालिका मध्येमा शुभकालिका गाउँ पालिका कालिकोटलाई छनौट गरेको छ ।
देशभरबाट ४ वटा नगरपालिका र २ वटा गाउँ पालिका मात्रै छनौट सूचिमा परेकोमा कर्णाली प्रदेशभरिमा कालिकोटको शुभकालिका गाउँ पालिका मात्रै छनौटमा परेको हो ।
मन्त्रालयका अनुसार छनौटमा पर्ने स्थानीय तहहरुमा शुभकालिका गाउँ पालिकाको साथै महालक्ष्मी नगरपालिका धनकुटा,निलकण्ठ नगरपालिका धादिङ,पाणिनी गाउँ पालिका अर्गाखाँची,दीपायल सिलगढी नगरपालिका डोटी छनौटमा परेका छन् ।
छनौटमा परेका स्थानीय तहहरुले ओैधोगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा ९२ लाख बजेटमा कार्य सम्झौता गरि ओैधोगिक क्षेत्र पूर्वाधार सुरुवात गर्नुपर्ने भएको छ । शुभकालिका गाउँ पालिका छनौटमा परेको कारण समयसिमाभित्रै सम्झौता गरि नमूना कार्यको रुपमा ओैधोगिक क्षेत्र पूर्वाधार विकास गरिने गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईंले जानकारी गराउनुभयो ।
कालिकोट जिल्लाका सन्दर्भमा ९ वटै स्थानीय तह मध्ये संघ प्रदेशबाट आउने अनुदान बजेट मात्रै नभई अन्य संघ संस्था तथा दातृ निकाय सँग पहल गर्दै पूर्वाधार विकासका साथै सामाजिक परिवर्तनका लागि अग्रसरता देखाउनमा शुभकालिका गाउँ पालिका अगाडि रहेको देखिन्छ । शुभकालिका गाउँ पालिकामा स्थानीय तहको निर्वाचन भैरहँदा शेरीघाट / हुल्मदेखि अगाडि बढ्नै नसकेको गाडी रोड हाल शुभकालिका वडा- ३ भर्ताको पर्जैसम्म पुगेर गाडी समेत सञ्चालनमा छन् । यसैगरी दैलेखदेखि ब्याउली हुँदै निर्माण भएको सडक पनि हाउडी हुँदै शुभकालिका – ८ को घट्टेखेतमा पुगिसकेको र अब केही दिनमा साविक मुग्राहासम्म गाडी सञ्चालन हुने गाउँ पालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले बताउनुभयो । हाल हाउडी लेकमा हिमपातले सडक अवरुद्ध छ ।
शुभकालिकामा यसैगरी शेरी – काली – भर्तागाड हुँदै चौलागाईंबाडा सडक शुभकालिका – ५ उधोगाउँ पुगेको वडा अध्यक्ष केशन शाहीले बताउनुभयो । शुभकालिकाले खानेपानीको क्षेत्रमा ८ वटा बृहत् खानेपानी योजना मार्फत १ घर १ धाराको कार्यक्रम लागू गरि गाउँ पालिकाका सबै घरमा धारा पुर्याउने काम यो वर्षभित्रै पूरा गरिसक्ने लक्ष्यका साथ कार्य गरिरहेको बताइएको छ । यस्तै करोडौं लगानीमा अलपत्र परेका भलेटागाड र हाउडीगाड बिधुत योजना सञ्चालनमा ल्याई गाउँनै झलमल्ल पार्नुका साथै वडा नम्बर १, २, ३ भर्ता गाउँमा राष्ट्रिय प्रशारण लाइन बिस्तार भइ केही दिन् मै बत्ती बल्ने गाउँ पालिकाले जनाएको छ । गाउँ पालिकाले वडा नम्बर – ४ को राराकाटीयामा १ सय ५० किलोवाटको सोलार मिनिग्रेड समेत निर्माण गरि बत्ती बाल्ने अन्तिम तयारीमा पुगेको बताइएको छ । यस्तै शैक्षिक क्षेत्र तर्फ प्रबिधि मैत्री शिक्षाको व्यवस्था गरि पालिका भरिका २९ वटा बिधालयमा प्रोजेक्टर बाट अनलाइन कक्षा सञ्चालन भैरहेको छ । यसका साथै सुनौला हजारदिनका गर्भवती आमाहरुलाई सो अवधिमा ६ क्यारेट अण्डा,घ्यू,मह दिने व्यवस्था सहित पोषणमैत्री गाउँपालिका कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
कर्णाली प्रदेशमै ओैधोगिक ग्राम बन्ने एकमात्रै गाउँपालिकामा शुभकालिका
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १४ माघ २०७८, शुक्रबार १६:२२