जनता संग नगर-प्रमुख कार्यक्रमले जेष्ठ नागरिक खुशी

कालिकाेट/तिलागुफा नगरपालिकाका नगर-प्रमुख रतन बहादुर शाहीले जनता संग नगर-प्रमुख कार्यक्रम चलाएका छन् ।तिलागुफा नगरपालिका वडा-१ देखि ११ सम्मका जेष्ठ नागरिकहरुलाई जाडाे समयमा न्यानो कपडा वितरण गर्नु भएको छ। कालिकोट जिल्लाका लोकप्रिय जनप्रतिनिधि शाहीले स्थानीय तहमा निर्वाचित भए पछि जनता संग नगर-प्रमुख कार्यक्रम घोषणा गरेका थिए।
जनता संग नगर-प्रमुख कार्यक्रम प्रत्येक बर्ष माघमा न्यानो कपडा वितरण गर्दै आएका छन् ।हिमाली जिल्लामा पर्ने स्थानीय तह भएकाले चिसो बढ्दो क्रममा छ।

तपाईको प्रतिक्रिया