युवा नेता मल्ल एमाले त्यागेर एकीकृत समाजवादीमा प्रवेश

कालिकोट/ कालिकोट जिल्लाका एमाले संस्थापक नेता स्वर्गीय मानबहादुर मल्लका छोरा युवा नेता लोकेन्द्रबहादुर मल्ल आज नेकपा(एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।नेकपा(एमाले)विधि,पद्धति र विचारले चल्न छोडेर पार्टीमा त्याग योगदानको कदर नहुने अवस्थामा पुगेपछि आफुजस्ता व्यक्तिहरुले एकीकृत समाजवादी रोज्न आवश्यक भएको युवा नेता मल्लको भनाइ छ । एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर बहादुर थापाबाट अबिर ग्रहण गर्दै पार्टीमा समाहित मल्ल सँग पार्टी र युवा संगठन सञ्चालनका साथै प्रशासनिक क्षेत्रमा लामो अनुभव भएको बताइएको छ ।
कालिकोटका पार्टी अध्यक्ष विश्वराज वम र सल्यान जिल्ला अध्यक्ष उदयबहादुर बोहरा लगाएतका नेताहरुको उपस्थितिमा एमाले त्यागेका युवा नेता मल्लका बुवा मानबहादुर मल्ल नेकपा(एमाले)कालिकोटमा लामो समय सचिवालय सदस्य तथा पार्टीका विभिन्न बिभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियोे ।उहाँको निधनपछि पार्टीमा फेरि उहाँको छोराको राजनीतिक यात्राले थप योगदान पुग्ने एकीकृत समाजवादी कालिकोटका उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख चित्रसिंह गाउँलेको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया