एमाले कालिकोट जिल्ला नेतृत्वका लागि निर्वाचन हुदै कस्ले मार्ला बाजी…

कालिकोट/ नेकपा (एमाले) कालिकोटको नयाँ नेतृत्व चयनका लागि(विहबार निर्वाचन हुँदै छ। सर्वसम्मतिको प्रयास गरिएपनि सहमति जुट्न नसके पछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।अध्यक्ष पदका लागि जसि प्रसाद पाण्डे र रमेशकुमार शाही बीच कडा प्रतिस्पर्धा हुने भएको छ । पाण्डे र शाहीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । चुनावी प्रतिस्पर्धाका लागि दुवै जनाले आ–आफ्नो प्यानल बनाएका छन् ।
दुवै समूह आफ्नो जित हुने दाबी गरिरहेका छन् । तर विगतको समूह समीकरण फेरिएका कारण यस पटकको चुनावी परिणाम सहजै आँकलन गर्न सकिने खालको छैन् । प्रतिनिधिहरु माझ प्रभाव राख्ने कतिपय नेताहरु खुलेर लागेका छैनन् । उनीहरुको समर्थन कसलाई हुन्छ भन्ने बाहिर आइसकेको छैन । यसले पनि नतिजामा प्रभाव राख्ने छ ।खाँडाचक्र नगर-प्रमुख जसि प्रसाद पाण्डे लाई केन्द्रीय सदस्य एवम् कालिकोट जिल्ला इन्चार्ज नगिन्द्र शाही नेसनल, सह-इन्चार्ज दक्षिणा शाही,प्रदेश कमिटी सदस्य मीन बहादुर शाही,विरेन्द्र वोगटी को साथ छ भने
९ओैं अधिवेशनबाट उपाध्यक्ष जितेका शाहीलाई धिर बहादुर बम,प्रदेश कमिटी सदस्य भरत धिताल,प्रदेश कमिटी सदस्य कमल कुमार शाही ,ऐन बहादुर शाही,नेताहरुको साथ छ ।
उपाध्यक्षमा दयाराम सिम्खडा र अलि बहादुर शाही विच प्रतिस्पर्धा हुने छ भने,सचिवमा पार्वती सिंह र टेकबहादुर बुढा विच प्रतिस्पर्धा हुने छ।उपाध्यक्षमा सिम्खडा,सचिवमा सिंह बलिया उम्मेदवारका रुपमा चर्चामा देखिएका छन् ।
अर्कोतर्फ पाण्डे लाई पनि जिल्लाको राजनीतिमा प्रभाव राख्ने नेताहरुको सहयोग छ। विगतमा नेसनल कै समूहमा रहेका धिर बहादुर बम,कमल कुमार शाही,हेमराज संज्याल,पार्वती सिंह लगायतका नेताहरु अहिले रमेशकुमार शाहीको पक्षमा देखिएका छन् । युवा नेताहरु तपेन्द्र शाही,वकिल बम,प्रेमबहादुर बुढा,लगायतले पनि शाहीलाई जिताउन लागिपरेका छन् ।त्यस्तै उप-सचिवमा महावै गाउँपालिकाका मनराज शाही,खाँडाचक्र नगरपालिकाका जनक शाही ,शान्नित्रिवणी गाउँपालिकाका व्यासी तिरुवा,नरहरिनाथ गाउँपालिकाका पुर्ण प्रसाद उपाध्याय,राष्कोट नगरपालिकाका पवित्र कुमार शाही र यशोदा बरालले उम्मेदवारी दिइएका छन् ।

तपाईको प्रतिक्रिया