अध्यक्षमा पाण्डे र शाहीको कडा प्रतिस्पर्धा

कालिकोट /नेकपा एमाले कालिकोट जिल्लाको १०ओैं जिल्ला अधिवेशनमा जसि प्रसाद पाण्डे र रमेशकुमार शाही विच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।२४ गते उद्घाटन भएको अधिबेशन भोलि विहान ८:०० बजे बाट मतदान हुने निर्वाचन अधिकृत तुलाराम पाण्डेले बताए ।निर्वाचन अधिकृत पाण्डेका अनुसार ७८२ मतदाता रहेको समेत बताए ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनमा ५जनाको अध्यक्ष पदमा आकांक्षी देखि पछि सहमतिका लागि आज सम्म सारिएको थियो ।आकांक्षी ५जना मध्य ३जनाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि २जना विच कडा प्रतिस्पर्धा हुने भएको छ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका बाट नगर-प्रमुखमा निर्वाचित समेत भएका पाण्डे अहिले पार्टी अध्यक्षमा उम्मेदवारी दिदा चर्चामा आएका छन् ।रमेशकुमार शाही भने नेकपा एमालेको ९ओैं अधिवेशन बाट उपाध्यक्ष पदमा निर्वाचित समेत भएका शाही अहिले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया