कालिकोट/नेकपा (एमाले )कालिकोटले अधिवेशन उद्घाटनका लागि शनिबारको दिन् रोजेर बालबालिका थुपार्न थालेको आरोप लगाएको छ ।
नेकपा(एकीकृत समाजवादी)कालिकोटका तर्फबाट कार्यवाहक अध्यक्ष चित्रसिंह गाउँलेद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा सो आरोप लगाइएको हो। कालिकोटको जिल्ला क्रान्तिकारी शक्ति र विशेषगरी एकीकृत समाजवादीको लालकिल्ला हो भन्ने केही समयपछि आफ्नो पार्टीद्वारा गरिने कार्यक्रम मार्फत पुष्टि हुने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी विज्ञप्तिमा समाजवादीका केही नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्ने भएको कारण कार्यक्रम १ दिन सारिएको भनेर फैलाइएको भ्रम झुट्टा हो भनिएको छ । नेकपा(एमाले)पार्टी लाई कम्पनीको रुपमा प्रयोग गर्दै दक्षिणपन्थी अवसरवादको भासमा डुबाएपछि एकीकृत समाजवादी उदय भएको विज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।
बालबालिका थुपार्न कालिकोट एमालेले शनिबार रोजेको आरोप
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २३ पुष २०७८, शुक्रबार १५:४८