एमाले कालिकोटको अध्यक्षमा पाण्डेको उम्मेदवारी घोषणा

कालिकोट / नेकपा एमाले कालिकोटको अध्यक्ष पदका लागि जसि प्रसाद पाण्डेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।पाण्डेले दियो खबर संग कुरा गर्दै एमाले कालिकोटको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।पौष २४ गते हुने जिल्ला अधिवेशनबाट कालिकोटमा नयाँ नेतृत्व चयन हुँदैछ ।
नेकपा एमालेलाई बलियो र सशक्त बनाउन आफूले उम्मेदवारी घोषणा गरेको पाण्डेले बताए। कालिकोटका जनताले फरक नेतृत्व चाहेका र त्यो नेतृत्वका लागि आफू सक्षम रहेको,पार्टीको आन्तरिक जीवनलाई मजवुत बनाउँदै कालिकोटमा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिएको पाण्डेले बताए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका नगर-प्रमुखमा निर्वाचित समेत रहेका पाण्डेले एमाले अध्यक्ष केपी ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्न आफूले नेतृत्वमै बसेर काम गर्न चाहेको समेत बताए ।नेकपा एमालेमा लामो संघर्ष गरेका पाण्डे अहिले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिदा चर्चामा आएका छन् ।
यद्यपी,केही नेताहरुले अध्यक्षमा आकांक्षा भने देखाएका छन् । अध्यक्षमा आकांक्षा राखेकाहरुलाई पनि सक्रिय भूमीका दिएरै पार्टीलाई गतिशिल बनाउने गरी निर्णय लिईने एक नेताले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचन नजिकिएकाले त्यसलाई समेत मध्यनजर गर्दै अधिवेशनले सकारात्मक उर्जा दिने गरी निर्णय गर्नेछ ।

तपाईको प्रतिक्रिया