कालिकोट/नेकपा एमाले कालिकोटको अध्यक्ष पदका लागि दयाराम सिम्खडाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।सिम्खडाले दियो खबर संग कुरा गर्दै एमाले कालिकोटको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।पौष २३ गते हुने जिल्ला अधिवेशनबाट कालिकोटमा नयाँ नेतृत्व चयन हुँदैछ ।
नेकपा एमालेलाई बलियो र सशक्त बनाउन आफूले उम्मेदवारी घोषणा गरेको सिम्खडाले बताए । कालिकोटका जनताले फरक नेतृत्व चाहेका र त्यो नेतृत्वका लागि आफू सक्षम रहेको,पार्टीको आन्तरिक जीवनलाई मजवुत बनाउँदै कालिकोटमा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिएको सिम्खडाले बताए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा रास्कोट नगरपालिका वडा-२को वडा अध्यक्षमा निर्वाचित समेत रहेका सिम्खडाले एमाले अध्यक्ष केपी ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्न आफूले नेतृत्वमै बसेर काम गर्न चाहेको समेत बताए ।
एमाले कालिकोटको अध्यक्षमा सिम्खडाको उम्मेदवारी घोषणा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २२ पुष २०७८, बिहीबार ०८:५१