एमाले पार्टी उप-सचिवमा बुढाको उम्मेदवारी घोषणा

कालिकोट/नेकपा एमालेका युवा नेता प्रेमबहादुर बुढाले एमाले कालिकोटको पार्टी उप-सचिवमा उम्मेदवारी घोषाणा गरेका छन् ।
विद्यार्थी जीवन देखि नै राजनिती होमिएका बुढाले नेकपा एमालेको पौष २३ गते हुने एमाले कालिकोट जिल्लाको १०ओैं अधिवेशन कालिकोट लाई नेकपा एमालेमा बलियो र सक्षम पार्टी निर्माण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए।अब्बल र सक्षम तथा सैद्धान्तिक र बैचारिक रुपमा प्रष्ट बक्ता नेकपा एमाले कालिकोट जिल्लाको युवा नेता बुढाको राजनितीक इतिहास जसले माओवादीको दन्दकालिन अवस्थालाई चिर्दै अनेरास्ववियु कालिकोटमा स्थापित जिल्ला कमिटि सचिव रहेर काम गरेकाे एक विद्यार्थी नेता हो!जब नेकपा एमाले लाई संकट र विभाजनका जालझेल हुँदै गर्दा पार्टी सिद्धान्त, बिचारको दृस्ठिकोणमा सतिसाल झै उभिदै पार्टी बलियो बनाउन हरेक क्रियाकलापमा सक्रियता पुर्वक आफ्नो जिम्मेवारी बहन गर्ने एक इमानदार,निष्ठावन,बफादार सिपाहीले तपशिलका विभिन्न कमिटीहरुमा जिम्मेवारी बहन गरिसक्नु भएकाले पनि पार्टी को विधि,विधान अनुरुप उप-सचिवमा उम्मेदवारी घोषणा गरेको दियो खबर संग बताए ।२०५८साल देखि दशरथ मा०वि० साढेपानि कैलालि बाट अनेरास्ववियु प्रा.क कमिटीमा सक्रियता पुर्वक काम गर्दै,२०६२सालमा जन उच्च मा०वि० सुर्खेतमा अनेरास्ववियु प्रा.क.सचिव,२०६३ साल देखि जिल्ला कमिटि सचिव अनेरास्ववियु । चितवन राष्ट्रिय सम्मेलनमा प्रतिनिधि,२०६५ देखि २०६७ सम्म कर्णाली अञ्चल कमिटि सचिव पाेखरा राष्ट्रिय सम्मेलनमा प्रतिनिधि,२०६७असोज,१५देखी १९ जनकपुरमा सप्पन्न,अनेरास्ववियुको २०औ राष्ट्रिय सम्मेलन बाट निर्वाचित अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य,२०७० सालमा भयकाे २१ ओैं राष्टिय सम्मेलनमा केन्दिय कमिटि सदस्य,२०७२ मा भयकाे २२ ओैं राष्ट्रिय सम्मेलनमा सचिवालय सदस्य पराजित,नेकपा एमाले नवाैं जिल्ला अधिवेशन बाट लेखा आयाेगकाे सचिव पदमा निर्वाचित,२०७४को स्थानीय तह निर्वाचन सान्नी त्रिवेणी गाउँपालिका वडा-२को अध्यक्षमा पराजित उम्मेदवार,२०७५ नेकपा एमाले र नेकपा संयुक्त (नेकपा ) हुदा जिल्ला कमिटी सदस्य,२०७६ अखिल नेपाल किसान संघ केन्द्रिय कमिटी सदस्य एवंम नेकपा एमाले कालिकोट जिल्ला कमिटि सदस्य समेत भैसक्नु भएको छ।

तपाईको प्रतिक्रिया