कालिकोट/नेकपा एमालेका युवा नेतृ पार्वती सिंहले एमाले कालिकोटको पार्टी सचिवमा उम्मेदवारी घोषाणा गरेकी छन् ।
पौष २३ गते हुने एमाले कालिकोट जिल्लाको १०ओैं अधिवेशन कालिकोट लाई नेकपा एमालेमा बलियो र सक्षम पार्टी निर्माण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् ।नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी विभाजन हुदा नेकपा एमालेमा क्रियाशील र कडा रुपमा सामाजिक सञ्जालमा उत्रिएकी युवा नेतृ सिंह कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा पराजित भएकि हुन ।नेकपा एमालेमा लामो संघर्ष गरेकी सिंह अहिले पार्टीको सचिव पदमा उम्मेदवारी दिदा चर्चामा आएकी छन् ।
महिला नेतृ सिंह लाई दियो खबरले अब तपाईंले पार्टी सचिवमा निर्वाचित हुनुभयो भने के गर्नु हुन्छ।अब महिलाहरुका अधिकारका लागि अवको राजनितिक यात्रा कस्तो हूनू पर्ला भन्ने प्रश्नमा उनले महिलालाइ राजनिति भन्दापनि नैसगिैक अधिकारका लागि जोसूकै सँग पनि सवाल जवाफ गर्न सक्ने कूरामा आफू परीपक्क भएर महिलाहरुको अधिकारका लागि सधैं संघर्ष गर्ने बताइन्।आधा आकाश र आधा धर्ती ओगेटेका महिला हरु ले नेपालको राजनीति परिवर्तन र आन्दोलन मा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको सर्बबिधितै छ। अब को राजनिती र आन्दोलन को स्वरुप परिवर्तन भैसकेका ले उक्त आन्दोलन बाट प्राप्त उपलब्धि हरु लाई सस्थागत गर्दै महिला हित र मुक्ती का लागि संविधान मा घोषित हक अधिकार हरु लाई हुभाउ कार्यान्वयनका लागि सम्बन्धि निकाय हरु सङ को सहकार्य र समन्वय मा जोड दिने छु बताइन् ।
युवा नेतृ सिंहले पार्टी सचिवमा उम्मेदवारी घोषणा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २१ पुष २०७८, बुधबार १८:४२