कालिकोट/ हुम्लाको नाम्खा गाउँपालिकाबाट सरुवा भई दैलेखको दुल्लु नगरपालिकामा आएका नेपाल प्रशासन सेवा समुह आलेप मदन बहादुर बुढा लाई दुल्लु नगरपालिकाले हाजिर हुन नदिएको भन्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य नवीनकुमार पाण्डेले ध्यानाकर्षण गरेका छन् ।
बुढालाई हाजिर हुन नदिएको भन्दै केन्द्रिय सदस्य पाण्डेले संघीयताको मर्म र लोकतन्त्रको बिरुद्ध भएकोले ध्यानाकर्षण गर्दै बुढा लाई नगरपालिकामा काम गर्ने वातावरण मिलाउन आग्रह समेत गरेका छन्।
राष्ट्रसेवक कर्मचारीलाई सहज तरिकाले काम गर्ने वातावरण मिलाउन कर्मचारीको अधिकारलाई ध्यानमा राखेर केन्द्रिय सदस्य पाण्डेले ६ बुँदे ध्यानाकर्षण पत्र लेख्दै दुल्लु नगरपालिकालाई अनुरोध गरेका छन्।
दुल्लु नगरपालिका प्रति केन्द्रीय सदस्य पाण्डेको ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १८ पुष २०७८, आईतवार ०८:५२