कर्णाली प्रदेशकै पहिलो तीनतारेमा महादेव(आ.वि)

सुर्खेत /कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकासंगको समन्वय तथा युनिसेफ नेपाल काे सहयाेगमा नमुना विद्यालय घोषणा गर्नको लागि निर्धारण गरेका ३० सुचकमा खानेपानी,शौचालय,सरसफाई स्वच्छता हरियाली वातावरण,शिक्षा,महिला स्वच्छता व्यवस्थापन,संस्थापन व्यवस्थापन,विपत जोखिम व्यवस्थापन,अनुगमन तथा जवाफदेहीता लगाएतका ३० ओटा सुचकहरु पुरा गरेकाले महादेव आधारभूत विद्यालय बालमन्दिर लाई कर्णाली प्रदेशकै पहिलो तीन तारे विद्यालयको रुपमा घोषणा गरेका छन् ।
विद्यालयलाई तिन तारे घोषणाका लागि नेपाल सरकारले निधारणर गरेका ३० ओटा सुचक पुरा भएकोले विद्यालय तिन तारे घोषण गरिएको युनिसेफ नेपाल खाँडाचक्र नगरपालिका संयोजक गणेशबहादुर रावलले बताए ।
उक्त कार्यक्रममा खाँडाचक्र नगर-प्रमुख जसि प्रसाद पाण्डे,उप-प्रमुख विजया विष्ट लगाएत जनप्रतिनिधि,कर्मचारी,शिक्षक,विद्यार्थीहरुको सहभागीतामा घोषणा गरेको संयोजक रावलले बताए ।

तपाईको प्रतिक्रिया