उच्च पहाडी,हिमाली क्षेत्रमा हिमपात जनजिवन कष्टकर

सुर्खेत/ मंगलबार रातीदेखि परेको बर्षाका कारण उच्चपहाडी हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टक बनाए पनि कृषकहरु खुसी बनेका छन् ।
न्यूनचापीय वायुको प्रभावका कारण अहिले देशैभर वर्षा भइरहेको छ । सामान्यतः पौष महिनामा वर्षा हुँदैन ।तर यसवर्ष मध्य हिउँदमा वर्षा भएपछि पहाडी क्षेत्रका किसानले लगाएका गहुँ,जौ बालीलाई फाइदा पुग्नेछ ।
दैलेख,जाजरकोट सुर्खेत कालिकोट,डोल्पा,मुगु,जुम्ला,हुम्ला,रुकुम पश्चिम,सल्यान लगायतका पहाडी जिल्लामा कृषकहरु खुसी भएका छन् ।
कालिकोट खाँडाचक्र नगरपालिका वडा-३ का’लक्ष्मण कुमार शाही भन्छन’‘यो वर्ष ठीक समयमा पानी पर्‍यो ।
कर्णालीका उच्च हिमाली जिल्लाहरुमा ब्यापक हिउँ कालिकोट, हुम्ला,मुगु,डोल्पा,जुम्ला जिल्लाका अधिकांश क्षेत्रमा हिमपात भइरहेको छ। हिमपातले नागरिक घरबाहिर निस्कन सकेका छैनन्।कृषकहरूले गाई भौंसि,भेडा,बाख्रा लाई घास पात गर्न समस्या भएको छ,भने बालबालिका लाई विद्यालय जान समेत कठिन अवस्था परेको छ।
यो महिना चिसो हुने भएकाले पनि दिर्घरोगी, दम,निमोनियो,रुघाखोकी,झाडापखाला हुने सम्भावना भएकोले तातोपानी,गेडागुडी,झोलिलो खाने कुरामा विशेष जोड् दिन कालिकोट जिल्ला अस्पतालका नि.स्वास्थ्य व्यवस्थापक डा.रत्नविर सुनारले आग्रह समेत गरेका छन् ।
फोटो तस्बिर:सुरेन्द्र रावल/गणेश बहादुर शाही

तपाईको प्रतिक्रिया