मध्यपश्चिम विश्व विद्यालयको ‘एमयु अवार्ड’ १५ विधामा दिने घोषणा

काठमाडौं / मध्यपश्चिम विश्वविद्यालयले विभिन्न विधामा ‘एमयु अवार्ड’ दिने भएको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक प्रा.डा.नन्दबहादुर सिंहले १५ विधामा विभिन्न क्षेत्रका ४० जनालाई ‘एमयु अवार्ड’ दिने घोषणा गरेका हुन्। 
‘विश्वविद्यालयले इतिहासमै पहिलो पटक १५ विधामा अध्ययन, अध्यापक, अनुसन्धान, प्रकाशन र विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पुर्‍याउने उद्देश्यका साथ अवार्डको व्यवस्था गरिएको छ,’ पत्रकार सम्मेलनमा उपकुलपति सिंहले भने,‘विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारी, सुरक्षा गार्ड र अध्ययनरत विद्यार्थीलाई हौसला प्रदान गर्न यी अवार्डहरूको स्थापना गरिएका हुन्। चालु आर्थिक वर्षदेखि नै कार्यान्वयन हुन्छन्।’
सबैभन्दा बढी ५५ हजार राशिको एमयु कुलपति अवार्ड रहेको छ। त्यस्तै सङ्कायगत कार्यक्षमता अवार्ड ३ लाख ५० हजार राशिको रहेको छ। उक्त, रकम सम्बन्धित सङ्कायले शैक्षिक गतिविधिका लागि खर्च गर्नेछन् ।
एमयु कुलपति अवार्ड, एमयु पारदर्शिता र भ्रष्ट्राचार विरुद्धको उपकुलपति अवार्ड, एमयु ‘गेम चेन्ज’ एम्बेष्टर अवार्ड, उपकुलपति विद्यार्थी अवार्ड, उत्कृष्ट रिसर्चर अवार्ड, सङ्कायगत क्षेत्र अवार्ड रहेको उपकुलपति सिंहले जानकारी दिए। 
यस्तै क्याम्पस इन्स्टिच्युट र स्कुल पफर्मेन्स अवार्ड, संस्थागत स्वच्छता र सुन्दर अवार्ड, एमयु अन्तर्राष्ट्रिय प्रोफेसर अवार्ड, एमयु अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड, अन्तरशंकाय प्रोफेसनल अवार्ड, एमयु पङ्च्वालिटी अवार्ड, एमयु इमान्दारीता अवार्ड, खोज तथा प्रकाशन अवार्ड, उत्कृष्ट डिन अवार्ड रहेका छन् ।
विश्वका विभिन्न  प्रतिष्ठित विश्व विद्यालयका व्यक्तिहरूलाई सहभागी गराई राष्ट्रपति र प्रधानमन्त्रीबाट अवार्ड दिइने छ।
उपकुलपति सिंहले काठमाडौँमा भएको साधारण सभामा ११ लाख ५० हजार सात सय ७५ रुपैयाँ मात्रै खर्च भएको र यो अहिलेसम्मकै कम रहेको दाबी गरे।

तपाईको प्रतिक्रिया