नेकपा (एस) र नेकपा जनवादी बीच भोलि पार्टी एकता हुदै

काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता भोलि हुने भएको छ । 
मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुने एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभएको छ । एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डिएस महता) लगायतका नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया