साँझेदार संस्थाहरुको समिक्षा वैठक तथा कर्मचारीहरुको क्षमता विकास सम्बन्धि तालिम सुरु

खडानन्द अधिकारी/बाँके जिल्लाको नेपालगन्जमा आज देखि साँझेदार संस्थाहरुको समिक्षा वैठक तथा कर्मचारीहरुको क्षमता विकास सम्बन्धि तालिम सुरु भएको छ । कर्मचारीहरुको क्षमता बिकास गरी कार्यक्रम लाई स्थानिय तहमा प्रभावकारी बनाउने,पहिला गरेका कामको सहभागि माझ समिक्षा गर्ने,र आगमि दिनहरुमा कार्यक्रम लाई प्रभावकारी कसरी बनाउने भन्ने बिषयमा योजना बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरीयको हो ।

टिडिएच÷बिएमजेट,जर्मनको आर्थिक सहयोग,मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक)नेपाल,कालिकोट,मालिका सामुदायिक विकास केन्द्र,मुगू र ग्रामिण जनउत्थान विकास कार्यक्रम हुम्ला गरी ३ वटा साँझेदार संस्थाहरुको संयुक्त अयोजनामा कार्यक्रम संचालन गरियको हो ।

टिडिएच नेपालका कार्यक्रम संयोजक अमृत देवकोटाले यो कार्यक्रम हाल नेपालमा कर्णाली प्रदेशका कालीकोटको शुभकालिका गाउँपालिका वडा नंं ३,५ र ,६,मुगु जिल्लाको सोरु गाउँपालिका १,२ र ४ र यस्तै गरी हुल्ला जिल्लाको ओदानचुली गाउँपालिका.४,५र ६ का ९ वटा वडाहरुमा रहेका बताउनु भयो । साथै संयोजक देवकोटाले यस कार्यक्रमको लक्ष्य भने,परियोजना स्तरमा समुदायहरुको प्राकृतिक स्रोत साधनको दिगो सदुपयोग र सम्र्वद्धनमा सम्वन्धित सामुदायिक समुहहरुको क्षमता विकास गरि जिविकोपार्जनमा सुधार ल्याई स्वावलम्वि संस्थाको निर्माण गर्ने,कार्यक्रम संचालीत पालीकाहरुमा दिगो कृषि व्यवसाय गरि जिविकोपार्जन लाई सुरक्षित गर्ने। परियोजना संग सम्वन्धित रहि स्थानिय निकायलाई राष्ट्रिय स्तरमा सहभागि बनाइ पैरवि गराउँने लगाएतका विषयमा यो कार्यक्रमको लक्ष्य रहेको बताउनु भयो ।

कार्यक्रमा आफ्नो भनाइ राख्दै मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका अध्यक्ष एवम् सामाजिक अभियान्ता जजराज शाहीले वातावरणीय प्रवर्धन तथा जैविक विविधता संरक्षण गरी दिगो व्यवशाय तथा उद्यम शिलताका लागि समुदायमा अधारित विभिन्न संघ संस्था र सहकारीहरुको विकास तथा स्थापना भएको बताउदै यस कार्यक्रमले बास्तबिक किसानलाइ निकै सहयोग पुगेको बताउनु भयो ।

कार्यक्रमा मालिका सामुदायिक विकास केन्द्र मुग अध्यक्ष सुरेश बहादुर शाही, ग्रामिण जनउत्थान विकास कार्यक्रम हुम्लाका अध्यक्ष रमेश बहादुर ऐडी,राष्ट्रिय युवा संजालका कर्णाली प्रदेश संयोजक दिलिप कुमार शाही,शुलभ परियोजनाका संयोजक,राजेश गौतम लगाएतका सहभागिहरुको जैविक बिभिता संरक्षण सम्बन्धि आ—आफ्ना धारणहरु राखेका थिए सो कार्यक्रमको संचालन शुलभ परियोजनाका अनुगमन तथा मुल्याङ्कन अधिकृत सरोज पन्थिले गर्नु भएको थियो ।

उक्तकार्यक्रमा शुलभ परियोजना कालिकोट जिल्लाका जिल्ला संयोजक गोपाल सिंङ कार्कि,हुम्ला जिल्लाका संयोजक सुरे बहादुर रोकाया,मुगुका जिल्ला संयोजक निरु कुमारी शाही,नेपाल पत्रकार महासंघका कालिकोट शाखा सचिव एवम् सामुदायिक रेडियो चंखेलीका स्टेशन म्यानेजर खडानन्द अधिकारी लगाएतका ब्याक्ती हरुको सहभागिता रहेको छ । तालिम असोज २० गते सम्म जारी रहने नेपालगन्ज बाट शुलभ परियोजना कालिकोटका लेखा अधिकृत लक्ष्मि प्रसाद देवकोटाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया