अबको एक बर्ष भित्र सबैको घरमा बत्ती पुर्याउनु मेरो मुख्य ध्यय हो- अध्यक्ष पाण्डे

अबको एक बर्षभित्र सबै घरमा बत्ती पुर्‍याउछौं : वडाध्यक्ष पाण्डे खाँडाचक्र नगरपालिका वडा नम्बर ३का वडाध्यक्ष महावीर पाण्डे खाँडाचक्र नगरपालिकाका आशालाग्दा युवा नेता हुन्।स्थानीय तहको निर्वाचनमा १४८ मत ल्याएर जनताका प्रिय नेताका रुपमा उदाएका पाण्डेले वडाको नेतृत्व सम्मालेको तीन बर्ष पूरा भई सकेको छ।यो अबधिमा वडाले गरेको बिकास निर्माणका के-के काम भए ।वडाकार्यालय लाई कसरी आर्थिक समृद्धिका रुपमा विकसित गर्न सकिन्छ ।लगायतका विविध विषयमा केन्द्रित रहेर वडाध्यक्ष पाण्डेसंग गरेको कुराकानी।
• हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?
म हिजोआज वडाको काममा व्यस्त छु।विश्वमहामरी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट जनता लाई कसरी बचाउनेमा केन्द्रित छु।लकडाउन केही खुकुलो भए पनि अवस्था सहज भएको छैन् ।म पनि कोरोना नियन्त्रणकै अभियानमा व्यस्त थिए। अहिले मेरो स्वास्थ्यमा समस्या आएपछि काठमाडौ मेडिकल कलेज मा उपचार गराइरहेको छु।
• तपाईंले निर्वाचित भइसके पछि हालसम्म के-के गर्नु भयो ?
म निर्वाचित भएपछि वडा लाई विकास निर्माणका हरेक हिसाबले अगाडि बढाउने प्रयास गरेको छु।प्रदेश र संघीय सरकारसँग समन्वय गरि वडाको सबै टोल-टोलमा सडक संज्याल पुर्‍याराउने काम भई रहेको छ।उज्यालो बनाउने अभियान अन्तर्गतसबै टोल-टोलमा विद्युत्का पोल गाड्नेकाम भइ रहेको छ र बत्ती पनि जलिसकेको छ। मुहान शुद्ध खानेपानी सबै घर-घरमा मिटर सहितका एक-घरएक-धारा पुर्‍याउने लक्ष्यलिएको छु।प्रदेश र संघीय सरकारसँग समन्वय गरेर वडामा ठूलो मात्राको बजेट पार्न सफल भएका छौं। समग्रमा भन्दा म निर्वाचित भएपछि वडाको समग्र विकासले फड्को मारेको छ।
• तपाईंको नजरमा वडाको आर्थिक समृद्धिका आधारहरु के-के हुन ?
खाँडाचक्र नगरपालिका कालिकोट जिल्ला को सदरमुकामको नगरपालिका हो ।तर यहाँका नागरिकहरुको गरिबी निकै दयनीय छ।यहाँका अंधिकाश नागरिकहरु गरिविको रेखामुनि छन् ।यस वडाको आर्थिक समृद्धिका आधार भनेकै कृषि क्षेत्र हो ।यहाँको गरीबी अन्त्य गर्नको लागि आधुनिक कृषि प्रर्णालीमा जोड् दिएका छौ।दुध,ओखर,स्याउ ,कागती ,आरु ,उखु ,तरकारी,पशुपालन उत्पादनको पकेट क्षेत्र नै आर्थिक विकासको मुख्य आधार बनाएका छौं ।
• यहाँको पर्यटन क्षेत्रको विकासका लागि वडाले के-कस्तो योजना बनाएको छ?
यस वडामा पर्यटकीय हिसाबले महत्त्वपूर्ण धार्मिक स्थलहरु रहेका छन्।यस वडा भित्र पर्ने सम्पूर्ण धार्मिक स्थलहरु,मठमन्दिर,लाई व्यवस्थित गरेर पर्यटकीय हिसाबले विकास गर्न मास्टर पलान बनाएका छौं ।
• तपाईं वडाको कार्य सम्पादन प्रति सन्तुष्ट हुनुहुन्छ ?
काम गर्दै जाँदा बाहिरबाट अभिमत राख्न जति सहज छ। त्यसको कार्यान्वयन गर्न निकै गाह्राे छ।मेरो कार्यकाल तीन बर्ष पूरा गरि चौथो बर्षमा प्रवेश गर्दै गर्दा विभिन्न चुनैतिको बिचमा काम गर्दै आएको छु।तीन बर्षको समय अबधिमा कानुन निर्माणदेखि विकास निर्माणका कामहरू भएका छन् ।शुन्य विन्दुबाट काम गर्नु पर्दाका जटिलता लाई चिर्दै विकास निर्माण लाई गति लिएका छन् ।समग्रमा वडाको कार्य सम्पादन सन्तोषजनक नै छ।
• जनप्रतिनिधिले भ्रष्टाचार गर्ने इच्छाअनुसार योजना बनाउछन् भन्ने आरोप छ नि?
जनप्रतिनिधिले भ्रष्टाचार गर्नकै लागि योजना बनाउछन् भन्ने कुरा सरासर गलत छ।तर सयाैंको भिडमा एक/दुई जना व्यक्तिमा भ्रष्टाचारको संका गर्ने ठाउँ हुनसक्छ ।हिजोआज उपभोक्ता समिति वस्नको लागि मुद्दा लड्नुपर्ने अवस्था छ।उपभोक्ता समिति मार्फत भएका योजनाहरु दिगो छैनन् ।उपभोक्ता समितिमा बसेपछि भ्रष्टाचार गर्ने पाइन्छ भन्ने एक प्रकारका नागरिकहरुको सञ्जाल नै छ।केही विकासे योजनाहरुमा केही जनप्रतिनिधिहरु प्रभावित भएको पाइन्छ ।कार्यपालिका बैठक ,नगरसभामा पनि यस्ता विषयहरु आउने गरेका छन् ।तर भ्रष्टाचार गर्नकै लागि जनप्रतिनिधिले इच्छा अनुसार योजना बनाउछन् भन्ने कुरा गलत छ।
• अन्तमा के भन्नू हुन्छ ?
सम्पूर्ण वडाबासि लाई नयाँ उर्जा हौसलाका साथ निर्माणको अभियानमा जुट्न सबै वडाबासि लाई आह्वान गर्दछु ।आफ्ना टोल-टोलमा भएका विकास निर्माण लाई दिगो र पार्दर्शी बनाउन सहयोग गर्न अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया