भोट हाल्दैमा समर्थक हुदैन् भोटको रक्षा गर्न सक्ने हुनु पर्छ

लक्ष्मण बम पलाँतिकान्छा/ नेपाली रानितिमा कतिखेर के हुन्छ कसैलाई थाहा हुन्न न राजनिती गर्ने नेतृत्व सँग न समर्थन गर्ने समर्थकले आकलन सम्म नसक्ने र यश प्रतिको अबिस्वासको खाडल बनेको छ ।
राजनिती शब्द सुन्दा कोहि तर्सिने त कोहि अपमानितको सिकार हुने बाताबरण बनेको छ जनताले राजनिती गर्ने मान्छे झुट बोल्छन आफ्नो कुर्चिको लागि जे पनि गर्छन भन्छन यी सब्दले जनता र नेता बिचको ठूलो खाडल पैदा भएको छ । को कस्को सपोर्ट गर्छ त्यस्को वास्तविक कम्जोरि पत्ता लगाएर बिपरित कृयाकलाप गर्न बाध्य बनाउने परिपाटि ले आज नेपाली राजनिको यात्रा बिपरित धुर्बतिर धकेलिदैछ । किन सचेत छैन नेतृत्व ? किन प्रयोग हुन्छ समर्थक ? किन स्थिर रहदैन सामिप्यता ? किन प्रेम छैन कोहि प्रति ? के का लागि गरिदैछ नेपाली राजनिति ? किन लाग्छ गुलाम को आरोप ? संका मात्र किन गर्ज जो कोहि ले ? सकरात्मक सोच हटाईएकै हो त ? अझै वास्तविक नगरिकको भुमिका निर्बाहा नगर्न सक्ने नै हो त ? आज जो कोहिमा यहि प्रस्न हरुले दिमाग हलचल गरिरहेकै छ । हामी रोष्टममा उभिता हामी सचेत हुन जरुरि छ अबसरबाद बाट माथि उठ्नै पर्छ भनेर घोक्रो सुकाउछौ तर नाता गोता आसेपासेबाट लतपतिएर पाईला सार्न नसक्ने बनेकै छौ । अर्को कुरा जनता ले भेटमा सुझाब दिने गर्छन सहि र गलत छुट्याउनु होला नराम्रो कुरामा आफ्नो नभन्नु होला भनेर तर हत्या गरेर हत्कडि लाग्दा उन्मुक्ति चाहियो भनेर धर्ना दिने र सपोर्ट नगरे बिरुद्ध मा लाग्ने यो चलन छ यो सहि छत ? अह छैन यो हुन सक्दैन आफ्नो अर्ति काफि छैनर छ । गलत कुराको बिरुद्ध मा बोल्नु होला रक्सि खाने ,गाँजा खाने , चोडि ,डकैति ,लफाङ्गागिरि गर्ने , जुवातासमा बेस्त हुने , बलत्कारमा झोसिने अनि बचाउन नेतृत्व लाई भोटको धाक दिने र घेराउ गर्ने परिपाटिले के हजुरको कुरसल नेतृत्व वा सहि नेता रहन्छत रहन सक्दैन त्यो त्यहि हुन्छ जो हिजो योगदान र बलिदानिले फालेको ब्याक्ति वा सासक वा गलत नेतृत त्यसैले आफ्न्त र शुभ चिन्ताजनक ले सहयोग गर्दा वचाउन घेराउ हैन बाबा को हावा चल्नु पर्छ अनि मात्र असफल समर्थक हुन सक्छ । आज भ्रष्टाचार , उदन्डकारि अराजक र गलतकार्य गरेर आएको कार्यकर्ताको बचाबट गर्न सक्यो भने मात्र असल नेता हुने अनि हालेको भोटको सहि मुल्यांकन हुने । यहाँ कार्य कर्तालाई गुणस्तरीय बनाउन कामको जिम्मा दिन सकिन्छ तर मिलाएर खाने दाम को जिम्मा दिन सकिँदैन यस्तो सोच र चिन्तन को अन्त्य हुनै पर्छ । नत्र मन्चमा एक र फ्रोममा अर्को हुन्छ र एक अध्याएपछि अध्याएको अन्त्य सँगै बलिदानि र योगदानि पनि अन्त्य हुने गरेको छ त्यसैले निरन्तरता पाउछ । क्रान्ति को अर्थ रहदैन आज यो परिवर्तनको को आबाज उठिरहेको बेला सचेत नागरिकले व्यापक बहस गरेर दृघकालिन राजनिती को यात्रा तय गर्न जरुरि छ । यो नेपाली राजनितिमा पटक पटकको आन्दोला क्रान्ति ले रगत बगाउने पसिना बगाउने त्यो रगत र पसिनाले बनाएको महल भित्र पसेपछि सुख शान्ति मा फसेर विश्राम सुरु गर्ने परिपाटिले मुलुक संकटमा फसेको हो । नेतृत्व जहिले पनि दुरदर्सि चलायामान र त्यागी हुनुपर्छ जब संकट आउँछ त्यस्को नेतृत्व जस्ले गर्न सक्छ त्यसैलाई सहजै हस्तान्तरण गर्नु पर्छ । पहिलेकोले सल्लाह कार हुने र जोस र नयाँ विधि सँग जुध्न सक्नेले नेतृत्व समेमाल्नु पर्छ अनि मात्र आन्दोलनको सिर्जना गर्नु पर्दैन । जनताले नेतृत्व लाई र नेतृत्व ले जनतालाई बिस्वास र समर्थन र खबदारिमा निरन्तरता दिनै पर्छ र त्यो महत्त्वपूर्ण कुरा हो र मानबिय कर्तव्य र जिम्मेवारी हो । पछिल्लो चरणमा केन्द्र सरकारको सडक सदन र सरकारमा रुवाबासि किचलो र कोलाहाल त्यस्तै प्रदेश र स्थानिय सरकारलाई पनि त्यहि सरुवा रोगबाट ग्रसित छ । यसलाई उन्मुक्ति दिन आज सबै क्रान्तिकारि एक हुनै पर्छ । एकीकृत जनक्रान्ति जिन्दावाद , अतिवाद र ब्याक्तिबादको अन्त्य गरौ , हाम्रो हैन राम्रो को पक्षमा एक हौ । प्रतिगमन र गुठबाद मुर्दाबाद

तपाईको प्रतिक्रिया