कालिकोट — तिलागुफा नगरपालिका-४, राँचुलीका २४ वर्षीय भोजन ब. शाही तिला नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका छन्। स्थानीयका अनुसार शाही माछा मार्न नदीमा पसेका थिए, तर केही बेरमै बेपत्ता भएका हुन्।
अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन कालिकोट जिल्ला संयोजक कमल शाही कर्णालीका अनुसार शाही बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थल पुगेका छन्। हालसम्म उनको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको उनले जानकारी दिए।
शाहीको खोजी कार्यलाई तीव्र पार्न स्थानीय प्रशासन, प्रहरी र स्थानीय युवाहरू खटिएका छन्। परिवारजन शाहीको शीघ्र पत्ता लागोस् भनेर आग्रह गरिरहेका छन्।
दियो खबर । ३ फाल्गुन २०८१, शनिबार १५:०९