प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन कालीकोटमा नयाँ नेतृत्व चयन

कालीकोट — प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल, कालीकोट जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित भएको छ। अध्यक्षमा ई. प्रकाश सेजुवाल चयन हुनु भएको छ भने उपाध्यक्षमा ई. भरत बिष्ट चयन हुनु भएको छ।

नवनिर्वाचित कार्यसमितिमा सचिव ई. विरेन्द्र हमाल, सहसचिव ई. राजेन्द्र न्यौपाने, कोषाध्यक्ष ई. अनिता गीरी तथा अन्य १३ सदस्यीय टोली चयन भएको छ।

नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, केन्द्रीय प्रतिनिधिहरूले प्राविधिक विकास तथा इन्जिनियरिङ क्षेत्रको प्रवर्द्धनमा समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया