कालिकोट/नेकपा(एकीकृत समाजवादी)कालिकोटले कोटवाडा सुनथराली बिमानस्थल चाडैं सञ्चालन गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।बुधबार पार्टी कार्यालय मान्ममा सम्पन्न सो पार्टीको बैठकले बिमानस्थल बनिसकेको लामो समयसम्म सञ्चालनमा ल्याउन नसक्नु सरकारको गम्भीर लापरवाही र वेवास्ता हो भन्दै अब थप ढिलाई गर्न नहुने निर्णय गरेको हो ।
जिल्ला कमिटी अध्यक्ष चित्रसिंह गाउँलेको अध्यक्षता र संविधानसभा सदस्य तुलाराज बिष्ट,केन्द्रीय सदस्य बिजया बिष्ट र प्रदेश कमिटी सचिव धिर बहादुर बिष्टको विशेष उपस्थितिमा बैठक सञ्चालन भएको थियो । बैठकले जिल्लामा स्थान ओगटेर सम्पन्न हुन नसकिरहेका हाइड्रो,सडक,पुलका साथै बिगतका अदुरा सबै योजना समयमै सम्पन्न गर्न पहल गर्नेपनि निर्णय गरेको छ ।
प्रदेश कमिटीमा निर्वाचित पदाधिकारीहरुलाइ बधाइ दिने निर्णय गरेको बैठकले जिल्ला कमिटी उप सचिवमा तिलागुफा निवासी धिरबहादुर शाहीलाई मनोनयन र आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष चन्द्रबहादुर शाहीलाइ दिने निर्णय पनि गरेको छ ।
पार्टी सचिव कृष्णकला पाण्डेका अनुसार बैठकले फागुन भित्र गाउँ तथा नगर अधिवेशन सम्पन्न गरि चैत्र भित्र जिल्ला अधिवेशन पनि सम्पन्न गरि सक्ने निर्णयसहित रास्कोट नगरपालिका उप-प्रमुख मनिराज वरालकि आमा रुपकला वराल र प्रदेश कमिटी सदस्य नवराज देवकोटाका भाइ केशवराज देवकोटा प्रति श्रद्धाञ्जली र परिवारमा समवेदना दिने निर्णय गरेको छ । बैठकमा खाँडाचक्र नगरपालिका ८ का अध्यक्ष नन्दबहादुर मल्ल र ९ का अध्यक्ष बिरजित बिष्ट र सान्नित्रिवेणी गाउॅंपालीका वडा-३ का अध्यक्ष रंगलाल देवकोटा लगायतले रिपोर्टिङ पेस गरेको बताइएको छ ।
दियो खबर । १२ मंसिर २०८१, बुधबार १९:०१