सुर्खेत/ नेकपा(एकीकृत समाजवादी) ले कालिकोट जिल्लाभरका विकास आयोजनाहरुको बजेट यथासिघ्र कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सुरु गरेको छ ।पूर्वाधार निर्माणसँग सम्बन्धित संघ , प्रदेश तथा जिल्ला र स्थानीय तहका सबै कार्यालयमा दबाबका कार्यक्रम अघि बढाउन सुरु गरिएको सो पार्टीका कालिकोट जिल्ला कमिटी अध्यक्ष चित्रसिंह गाउँलेले जानकारी गराउनुभयो । उहाँका अनुसार पार्टी प्रदेश कमिटी सचिव धिर बहादुर बिष्टको नेतृत्वमा शुक्रबार सुर्खेत स्थित स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयमा पुगेर कालिकोटका सडक , पुल तथा भवनका लागि बिनियोजित बजेट सिघ्र कार्यान्वय गर्न ध्यानाकर्षण गराइएको थियो । ७ करोड ५३ लाखको लैफुदेखि रास्कोट हुँदै कोटवाडा एअरपोर्ट भएर रामारोशण जाने सडक लगायत जिल्ला भरका सडक , पिलिदेखि हलाने जोड्ने ५ सय मिटर भन्दा धेरै लम्बाइको ८५ लाख बजेट बिनियोजित झोलुङ्गे पुल र यस्तै अन्य पुल तथा भवनका कामहरु छिट्टो सुचारु गर्न एकीकृत समाजवादीले बल गरेको हो । संघीय सहरी विकास मन्त्रीमा एकीकृत समाजवादीका धन बहादुर बुढा भैरहदा कालिकोटमा विशेषगरी विकट पलाता गाउँपालिका केन्द्रित करोडौं बजेट कार्यान्वयन हुन ढिला भैरहेको छ । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका प्रमुख जगदिश शर्माले राजिनामा दिएपछि असोजदेखि सो कार्यालय प्रमुख बिहीन अवस्थामा रहँदा पुँजिगत तर्फबाट मात्र कर्णाली प्रदेशभर सो कार्यालयले कार्यान्वयन गर्ने २ अर्व बजेटका ठेक्का तथा उपभोक्ता समिति मार्फतका सम्झौता हुने कार्य ठप्प रहेका छन् । कार्यालय प्रमुख हाजिर भएको खण्डमा सकभर कालिकोटका काम हेर्ने जिम्मेवारी आफुले नै मागेर कामहरु दुर्त गतिमा अघि बढाउने इन्जिनियर गौतम सिंह भण्डारीले विश्वास दिलाउनु भएको छ ।
कालिकोटको विकास बजेट यथासिघ्र कार्यान्वयन गर्न एकीकृत समाजवादीको दबाब
तपाईको प्रतिक्रिया
दियो खबर । १ मंसिर २०८१, शनिबार ०९:४४