पहिरोले कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध

सुर्खेत/अविरल वर्षाले कर्णाली राजमार्गको कालिकोट खण्डको सडक अवरुद्ध भएको छ।

कालिकोटको खाँडाचक्र नगरपालिकाको-२सेरिघाट र शुभकालिका गाउपालीका-१ को गगनेखोलामा ठूला ढुङगाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए।

उनका अनुसार बिहानैदेखि परेको अविरल वर्षाले माथिबाट ठूला ढुङगाले आएपछि सडक बन्द भएको हो।

तपाईको प्रतिक्रिया