फुकुओकामा नेपाली बिद्यार्थीको मृत्यु

टोकियो/ जापानको फुकुओका शहरमा २ महिना अघि उच्च शिक्षाका लागि जापान आएका एक नेपाली विद्यार्थीको काम वाट फर्केर कोठामा सुतेको अवस्थामा नै निधन भएको छ।जापानको फुकुओका शहरमा दोलखा जिल्ला गौरीशंकर गाउपालिका २ गैरी निवासी बिबेक चिमरिया अध्ययनको सिलसिलामा २ महिना अघि मात्र जापान आएका थिए ।हिजो ४ तारिख बिहिबार सुतेकै ठाउॅंमा मृत भेटिएका हुन्।तर मृत्युको कारण भने अझै पत्ता लाग्न सकिरहेको छैन । चिमरियाको पार्थिव शरिर अहिले प्रहरीले जिम्मा लिएर यस बिषयमा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया