महावैले ल्यायो ३३करोड ९३लाख १२ हजार ७ सय ५४ रुपौंया

सुर्खेत/कालिकोट जिल्लाको महावै गाउँपालिकाले३३करोड ९३लाख १२ हजार ७ सय ५४ रुपौंया बजेट ल्याएको छ।

११ औं गाउँसभा उद्घाटन भए पछि ।उक्त बजेट ल्याएको हो । उद्घाटन कार्यक्रममा अध्यक्ष खेम बहादुर सिंह(भिजन) को अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो ।उपाध्यक्ष दानसिंह सेजुवाले बजेट भाषण गरेका छन् ।उक्त कार्यक्रम नि. प्रमुख प्रशासकीय अधिकृत ई. प्रकाश वहादुर शाहीले संचालन गरेका छन् ।वडाध्यक्षहरु,कार्यापालिका सदस्य , जनप्रतिनिधि ,कर्मचारीहरुको सहभागीता रहेको थियो ।

यो वर्ष कृषि लाइ प्रथामिकतामा राखेर वजेट ल्याएको अध्यक्ष सिंहले वताए।

गाउॅं सभाले उत्कृष्ट कर्मचारी र अन्य लाई सम्मा समते गरेको थियो।

तपाईको प्रतिक्रिया