खाँडाचक्रले दियो ’जनयुद्ध दिवस’ मा बिदा

कालिकोट/जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिकाले ’जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।शनिवार हिउदे नगर सभा चलिरहेको वेला फागुन १ गते ’जनयुद्ध दिवस’ को अवसरमा बिदा दिने निर्णय गरेको छ।सर्वेच्च अदालतले गत पुस १३ गते जनयुद्ध दिवसमा बिदा नदिने आदेश दिएको थियो ।खाँडाचक्र नगरपालिका मातहत सरकारी कार्यालय र विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।सर्वोच्च अदालतले गत पुस १३ गते अबदेखि ’जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो।शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।फागुन १ गते बिभिन्न कार्यक्रम गरि मनाउने नगर-प्रमुख कमल वहादु शाहीले बताए ।

तपाईको प्रतिक्रिया