कालिकोट/
पूर्व मन्त्री प्रेमसिंह लाई सबले रायाका छन्
पछिल्ला पुस्ताका लागि छोरी पायाका छन् ।
देउडा खेलका क्रममा अछामको बारलामा विपनाले यही गीत भनिछन् । एकीकृत समाजवादी कालिकोटका उपाध्यक्ष चित्रसिंह गाउँले छोरीले देउडा खेल्ने गरे यताकै उत्कृष्ट गीत यसैलाई मान्छन् ।
रातो कलम घुम्ने कुर्ची बुवाका पासै छ
प्रदेश सांसद होइजान्या छन् जनतालाई आशै छ
विपनाले आफ्नो प्रशंसा गरेर देउडामा भनेको यो गीत भन्दापनि पछिल्ला पुस्ताका लागि छोरी पायका छन् भनेर भविष्यको उच्च सपना बोकेर स्वस्फुर्त प्रष्फुटित गीत छोरीको मात्र नभई आफ्नोपनि सपना भएको गाउँले वताउछन् ।
आगामी पुस २८ गते १८ वर्ष पुग्ने विपनाले देउडा खेल्न सुरु गरेको २ वर्ष पुगेको छ । एउटा नाबालक देउडा जस्तो अत्यन्तै बौद्धिक , साहित्यिक ,राजनीतिक,ऐतिहासिक एवम् सामाजिक , सांस्कृतिक खुल्ला भिडन्तमा सामेल हुनु कम्ताको विषय होइन ।सानो उमेरमा कर्णालीका साथै सुदूरपश्चिमका विभिन्न जिल्लामा देउडा खेलेकी विपनाको पछिल्लो चरणका देउडा खेल आफुलाई झनै मन परेको देउडा सम्राट नेत्रराज शाहीको भनाई छ । विपना उमेरले सानै हुनुले पनि देउडालाई प्रतस्पर्धाको रुपमा मात्रै बुझेर अघि बढ्ने कतै घमण्डी बन्छिन् कि भन्ने सुरु सुरुका देउडा हेरेर आफुलाई महसुस भएपनि अब एउटा परिपक्व र अब्बल देउडा स्रष्टा बनेको देखेर खुशी लाग्यो उहाँले भन्नू भयो ।हालसम्म देउडा खेलिरहेका महिला देउडा खेलाडीहरु मध्य माया प्रेमका मिठास शब्दहरु देउडा खेलाडी पाना बुढाबाट र शब्द मिश्रणमा चुक्दै नचुकेर राजनीतिक प्रशंगमा समेत कडा देउडा खेल्नमा विपना सिपालु रहेको देउडाका जानकारहरु बताउछन् ।साहित्यकार दुर्गाप्रसाद काफ्ले जसरी खेलकुदका सन्दर्भमा रनिङसिल्ड लगायतका कार्यक्रम आयोजना गरिन्छन् यसरीनै कर्णालीमा देउडाशील्ड नै आयोजना गरिएको भए उदाउदै गरेका कलाकार र संस्कृतिले संरक्षण पाउने विश्वास गर्नुहुन्छ । समाजका जान्ने बुझ्ने कहलिएकैहरु बाट संस्कृति र श्रष्टाहरु अपहेलित भैरहनु परेको उहाँको दुखेसो छ । उहाँलाई विपनाले हालसम्म भनेका गीत मध्ये।
जुवा खेल्ने सौरो नहोउ जाँड खाने पोइ नहोउ
पिरती लाइदिने छियाँ पुष्पकी जोई नहोउ ।
भन्ने गीत रहेछ । पढाईमा व्यस्त कानुन् संकायबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण विपना यतिबेला भ्याइ न भ्याईमा छन् । विशेषगरी बुवाको चिनजानको कारण दिन बाँझिने गरेर एकैदिनको लागि धेरै ठाउँबाट देउडाको अफर आएर कतिपय ठाउँमा इच्छा लागेर पनि समय दिन नसक्दा आफू दुखित हुने विपनाको भनाई छ । मंसिर १२ गते मात्र कालिकोटका खाँडाचक्रको बदालकोट,१३ गते महावैको राँता र १४ गते रास्कोट पुगेर निरन्तर देउडा खेल्नु परेको भन्ने विपना १७ गते एमालेको अभियान सम्बन्धित राकम कर्णाली दैलेखको कार्यक्रममा पुग्नुपर्ने भएको हुँदा १८ गते बाजुरादेखि आएको निमन्त्रणा स्वीकार गर्न नसकेको वताउछिन् । घरपरिवारदेखि असल देउडा खेलाडीहरु भएका विशेष निम्तोहरुमा मात्र जान भनेर सुझाव आउने र आफुपनि सोही अनुसार देउडाका जवाफ सवालमा पनि छाडा नबन्ने र हाउभाउपनि उत्तेजित र छाडा खालका प्रदर्शन नगर्ने बताउने विपना संस्कार र संस्कृति जगेर्ना गर्ने दायित्व युवाहरुले लिनुपर्छ भन्ने मान्यताले गर्दा दुनियाँले अपहेलित क्षेत्र मान्ने गरेको देखेपनि देउडामा ससम्मान अघि बढ्ने प्रण गर्छिन् । सानै उमेरमा देउडा तर्फका थुप्रै पुरस्कार बाट पुरस्कृत र सम्मानित समेत भएको बताउने विपना एक पटक इन्द्रेणी कार्यक्रमलाई गायन भन्दापनि लाईभ देउडामय बनाउने आफ्नो इच्छा रहेको र एउटा अब्बल देउडा खेलाडीसहित इन्द्रेणीमा समय मिलाउने प्रयत्नमा छिन् ।
दियो खबर । १६ मंसिर २०८०, शनिबार ०९:२२