रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले समानुपातिक तर्फका उम्मेदवार पनि सफारिस गरेको छ । बिहिबार प्रदेश र संघका लागि एकल उम्मेदवार टुंगो लगाएको माओवादीले शुक्रबार समानुपातिक तर्फका उम्मेदवार पनि सिफारिस गरेको हो । माओवादीले सबै कलष्टरलाई समेटेर उम्मेदवार सिफारिस गरेको छ ।
संघ र प्रदेशसभा तर्फ गरी कुल १४ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा तर्फ बुद्धिप्रसाद शर्मा, नरबहादुर पुन, प्रेमकुमारी सुनार, गणेश बिक, कलबहादुर नाथ, इन्दीरा विएम र प्रेमा शाहीको नाम सिफारिस भएको माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमले जनाएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ भने पार्टीले यस अघि नै जनार्दन शर्मा ‘प्रभाकर’लाई सर्वसम्मत सिफारिस गरिसकेको छ ।
त्यस्तै २ वटा निर्वाचन क्षत्र रहेको प्रदेशसभा तर्फ मिलन खड्का, लक्ष्मी पुन, झक्कुप्रसाद घर्ती, ऋषिप्रसाद शर्मा, गीता नेपाली, निमबहादुर बुढाथोकी र लालबहादुर सिर्पालीको नाम सिफारिस गरिएको छ । प्रदेशसभा अन्तरगत निर्वाचन क्षत्र नम्बर ‘क’ बाट महेन्द्र केसी ‘पारसमणि’ र निर्वाचन क्षत्र नम्बर ‘ख’ बाट राजकुमार शर्मा ‘आर्ट’लाई सिफारिस गरिएको छ ।
२०७४ सालमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा रुकुम पश्चिमबाट सबैमा माओवादीले जितेको थियो ।
भावना शर्मा । २५ भाद्र २०७९, शनिबार १५:०९