राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको सभापतिमा नविन ओली

रुकुम पश्चिम / रुकुम पश्चिममा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तदर्थ समिति गठन गरिएको छ । हिजो जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी नविन ओली सभापति रहेको तीन सदस्यीय तदर्थ समिति गठन गरिएको हो । जसको उपसभापतिमा मोतिराम ओली र सचिवमा सुनिता केसी रहनुभएको छ । अहिलेलाई तीन सदस्यीय तदर्थ समिति गठन गरिएको स्वतन्त्र पार्टी कर्णाली प्रदेशका सभापति धिरजबहादुर ओलीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशका सबै जिल्लामा समिति गठन गर्ने गरी जिल्ला दौडाहमा आफुहरु रहेको उहाँले बताउनुभयो ।  कर्णाली तीन जिल्ला सुर्खेत, सल्यान र रुकुम पश्चिममा पार्टीको तदर्थ समिति गठन गरेको उहाँको भनाई छ । उहाँका अनुसार आज जाजरकोटमा पार्टीको जिल्ला कार्यसमिति गठन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया