सुर्खेत /नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीले भ्रष्टाचार विरुद्ध “युवा जागरण अभियान” चलाउने भएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उक्त कार्यक्रम आयोजना गरिएको युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी अध्यक्ष अनिल बोटीले बताए ।
उक्त कार्यक्रम भदौ १८ गते १२ बजे कर्णाली प्रदेश को राजधानी सुर्खेतमा स्वागत गर्न र आगामी मसीर ४ गते हुन गैरहेको संघ र प्रदेश को चुनावमा नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन युवा संघ नेपालले पार्टीका उमेरदार लाई निर्वाचित गर्नका लागी युवा परिचालन गर्ने समेत बताए ।युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीको बैठक भदौ १७ गते १२ बजे बस्ने भएको अध्यक्ष बोगटीले दियो खबर लाई बताए ।उक्त बैठकमा युवा संघ नेपालका केन्द्रीय पदाधीकारी जिल्ला इन्चार्ज, सह-इन्चार्ज ,केन्द्रीय स्थाई कमीटी, सचीवालय सदस्य,केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य र १० वटै जिल्लाका अध्यक्ष जिल्ला कमिटी सदस्यको उपस्थिति हुने अध्यक्ष बोगटीले बताए ।
युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीको बैठक
तपाईको प्रतिक्रिया
भावना शर्मा । १३ भाद्र २०७९, सोमबार १४:३४