नेकपा (एस)बाट निर्वाचित वडाध्यक्षलाई किर्ते गरेको आरोप

काठमाडौं / धादिङ जिल्ला गंगाजमुना गाउँपालिका-७ का वडाध्यक्ष रबिन अधिकारीलाई किर्ते गरेको आरोप लागेको छ । स्थानिय बिर्खे बहादुर थापा को एस.बि.आइ बैंकको चेकमा वडाध्यक्ष अधिकारीले  थापाको नक्कली हस्ताक्षर  गरि मुक्तिनाथ विकास बैंक सल्यानटारमा रहेको  आफ्नो  खातामा जम्मा गराएका हुन ।
स्थानिय थापाका अनुसार वडाध्यक्ष अधिकारीले थापाको हस्ताक्षर नभको चेक बुक लिएका थिए । केही दिन पछि थापाले आफ्नो बैंकमा बुज्दा चेक क्लिएरिङ मार्फत रु ५६५५० वडाध्यक्षको खातामा पठाइएको  देखियो ।
थापाले गंगाजमुना गाउँपालिका स्वरोजगार कार्यक्रममा सहभागी भइ एस बि आइ बैंक ,फुलखर्कमा ४३०१५२४१४०११७२ नम्बरको बैंक खाता खोलेका थिए । थापाका अनुसार वडाध्यक्षले खाता नम्बर चाहिन्छ भनी थापाको चेक बुक लिएका थिए । तर वडाध्यक्षले गत साउन १९ गते ५६५५० आफ्नो खातामा डिपोजिट गरे  ।
अधिकारी गए स्थानीय चुनावमा गठबन्धनबाट निर्वाचित वडाध्यक्ष हुन । अधिकारी नेकपा एकीकृत समाजबादिबाट निर्वाचित भएका हुन ।

तपाईको प्रतिक्रिया