सुर्खेत /कालिकोट जिल्ला खाँडाचक्र नगरपालीकाका मेयर कमल बहादुर शाहीले अव बजेट माग्दै संघ र प्रदेश नधाउने बताएका छन् ।
आइतबार सदरमुकाम मान्ममा आयोजित एक कार्यक्रममा मेयर शाहीले यस्तो बताएका हुन् ।
अव हामि सवैले जनश्रमदान गरेरै काम गर्ने छौँ ।
उनले भने, ‘ हामिलाई चाहिनेजती वजेट आएकै छ । यसमा अनियमितता र भष्टचार मात्र रोक्न सके वजेट माग्दै हिड्न आवश्यक नरहेको समेत बताएका छन् ।
५० प्रतिशत जनश्रमदान गरेर नगरपालीको विकास गर्न सकिने समेत उनको भनाइ थियो । बजेट हामि संगै छ यसको सही ढंगमा कार्यान्वयन गर्न सके नगरपालीकामा कुनै अभाव नहुने समेत बताए ।समृद्ध नगरपालिका बनाउनको लागि कर्मचारी ,उपभोक्ताले भने अनुसार काम गर्ने हो भने नगरपालिका कायापलट गर्न कुनै नौलो कुरा नहुने समेत बताए । जन जिबन मावी ताडीको खानेपानी अभाव र सेनेटरी प्याड उत्पादन गर्न स्थानिय स्तरमै उद्योग संचालन गर्ने समेत बताएका छन् ।
नगरपालीको विकासमा हामी सवै सकरात्मक रुपमा एक भएर विकासमा लाग्न सम्पुर्ण जनप्रतीनिधी र सरोकारवालाहरु लाई आग्रह समेत गरेका छन् ।
संघ र प्रदेशमा बजेट माग्न जादैनौं बरु जनश्रमदान गर्छौँः मेयर शाही
तपाईको प्रतिक्रिया
भावना शर्मा । १२ भाद्र २०७९, आईतवार १९:५४