सुर्खेत /स्थानीय सरकार आएको अनुभुति महिलाहरुलाई महाँवै गाउँपालिकाले गरेको छ।
महिलाहरुको महान चार्ड हरितालिका तिज प्रतियाेगिता आयाेजना गरिए २०७९ मनाएको छ ।
तिजलाई माैलिक रुपमा मनाउने उद्येश्यले तिला नमुना माध्यामिक बिद्यालयकाे आयाेजना तथा महाँवै गाउँपालिकाकाे सहयाेगमा तिज विशेष प्रतियाेगिता आयाेजना गिरएकाे गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह(भिजन)ले बताए ।
उनले नेपाली हिन्दु महिलाहरुकाे महान चार्ड हरितालिका तिजकाे अवसरमा शुभकामना दिदै तिजका भाकाहरुले समाज परिवर्तनका सवालहरु पनि उठान् गर्नु पर्ने बताए । उनले भने, तिजका भागामा माैलिकता हराएकाे छ । हामीले तिजकाे माैलिकता जगेर्ना गर्दै समाज परिवर्तनका सवालहरु पनि समेट्नु पर्छ ।
महाँवै गाउँपालिकाका- ७ वटै वडाबाट १४ वटा टिमले तिज प्रतियाेगितामा भाग लिएका छन्।अध्यक्ष सिंहले भने, उनीहरुले तिजका भाकामा नृत्य प्रस्तुत गरे । यसले गाउँपालिका भरीका महिला दिदी बहिनीहरु बीच भेटघाट, आत्मियता साँटा साँट, सद्भाव बाँडेकाे छ । तिज विशेष कार्यक्रममा स्थानिय सरकारले चासाे दिएर कार्यक्रम आयाेजना गर्न सहयाेग गरेकाे महिलाहरुले बताइन्।
महावैमा तिज प्रतियोगिता १४ टिम सहभागी
तपाईको प्रतिक्रिया
भावना शर्मा । १२ भाद्र २०७९, आईतवार १७:५२