अध्यक्ष सिंहको पहलमा स्वास्थ्यकर्मी पुगे गाउँ-गाउँमा

सुर्खेत /कालिकोट जिल्ला महावै गाउँपालिकाले ४० जना स्वास्थ्यकर्मी गाउँ- गाउँमा खटाएको छ ।
समाजिक रुपान्तरण कार्यक्रमका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाले एक महिनाका लागी सटिफिकेट इन जनरल मेडिशिन एचएका विद्यार्थीहरुले एक महिनाको अवधिमा महावै गाउँपालिकाका स्वास्थ्य संस्था, विद्यालय तथा गाउँ-गाउँमा नागरिकको उपचार गर्नेका लागि स्वास्थ्यकर्मि गाउँ-गाउँमा पठाएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह(भिजन)ले बताए ।
उहाँका अनुसार जनताको पहिलो आवश्यकता भनेको स्वास्थ्य हो त्यहि भएर आफ्नो कार्यकालमा कसैले पनि अकालमा ज्यान  गुमाउनु नपर्ने समेत बताएका छन् ।अहिले जिल्ला बाट विकट मानिने महावै गाउँपालिका कर्णाली राजमार्गमा पनि अब छिट्टै जोडि दैछ। केही दिन अघिमात्र राष्ट्रिय प्रसारण लाइमा जोडिएको हो ।
डा.ओम प्रकाश काफ्लेको नेतृत्वमा ४० जना स्वास्थ्यकर्मीले सेवा दिने छन् ।कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान जुम्ला बाट सामाजिक निरुपण कार्यक्रमका लागी आयका सर्टिफिकेट इन जनरल मेडिसिन (HA)का बिद्यार्थी हरुलाइ स्वागत समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया