छात्राले प्रयोग गर्न पाउदैनन् मुसाले खाए सेनेटरी प्याड

कालिकोट/पंचदेब माध्यामिक बिद्यालयमा छात्राहरुले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड मुसाले खाएका छन् । खाँडाचक्र नगरपालिकाबाट महिनावारी हुने छात्राहरुलाई नियमित बिद्यालय आउनका लागि निशुल्क बितरण गर्ने भनि दिएका सेनेटरी प्याडहरु बिद्यालय प्रशासन र बिद्यालय नर्सको लाप्रबाहीका कारण गोदाममै थन्कीएपछि मुसाले खाएका हुन् ।
जिल्ला सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिका-१ स्थित रहेको पंचदेब माबिको गोदाममा ९ बोरा र दुई आधा बोरा सेनेटरी प्याड राखिएको छ । गोदामको तल बर्षायामको पानी पसेर भिजेको छ । प्याडको बोरा भित्र मुसा पसेर खाएको छ । गोदामको साँचो बिद्यालय नर्सले घरमा राखेर बिदामा छिन् । यसको रेखदेख र छात्राहरुलाई नियमित प्याड दिनेकाम अलपत्र छ ।
पंचदेब माबिमा कक्षा १० मा अध्यायनरत छात्राहरुले आफुहरुले बिद्यालयबाट सेनेटरी प्याड नपाएको बताउछन् । उनीहरुले भने, बिद्यालयमा न प्रध्यानाध्यापक नियमित आउछन् न बिद्यालय नर्स नै नियमित । हामीलाई प्याड चाईयो कसलाई भनौँ । अन्य शिक्षकहरुसँग माग्न सकिदैन् । बिद्यालयमा नर्ससँग प्याड माग्न सहज हुन्थ्यो । उहाँ बिद्यालय नै आउनुहुदैन् । बिद्यालयका महिला शिक्षकलाई भन्दा आफुहरुसँग गोदामको साँचो नभएको बताउछन् ।
एक छात्रले भनिन्, हामीले कक्षा ९ बाट अहिलेसम्म छात्रबृति पनि पाएका छैनौँ । प्याड पनि पाएका छैनौँ । बिद्यालयमा शिक्षकहरु आधा नियमित आउछन् । आधा आउदैनन् । प्रधानाध्यापक पनि नियमित नआउने भएकाले बिद्यालय प्रशासन कमजोर छ । यसले हामीले पाउने सेवा र शिक्षण सिकाईमा असर गरेको छ । बिद्यालयमा प्याड नपाएकै कारण बजारमा मेडिकलमा गएर पैसा खर्च गरेर प्याड प्रयोग गर्ने गरेका छौँ । कत्तिले त घरमा पुरानो कपडा धोएर प्याडको रुपमा प्रयोग गर्छन् । बिद्यालयमा सबै पाठ्यपुस्तक पनि पाएका छैनौँ । अंग्रेजी, बिज्ञान र स्वास्थ्य बिषय अधिकांश बिद्यार्थीको छैन् । सदरमुकामकै बिद्यायको यस्तो हालत छ । गाँउका बिद्यालय कस्ता होलान ।
बिद्यालयका प्रधानाध्यापक सबराज बमले आफु काम बिशेषले सुर्खेत तिर रहेको बताए । उनले भने, बिद्यालयमा सेनेटरी प्याड नर्सले बाँड्नु भएको छ । यो पटक उहाँ पनि बिरामी भनेर बिदामा बस्नु भएको छ । उहाँ नियमित बिद्यालय त आउनु हुँदैन् । समय समयमा आईरहनुहुन्छ । बिद्यार्थीको छात्रबृति यो बर्षको बाँड्न बााकी छ । नगरले ढिलो निकासा दिएका कारण बिद्यालयको खातामा छ । म बिद्यालय गएर बाँड्छु । पाठ्यपुस्तक बिक्रेताहरुले नै सबै बिषयहरु उपलब्ध नगराएका कारण बिद्यार्थीले नपाएका हुन् । यसको व्यवस्थापनका लागि पहल गरिरहेको छु ।
बिद्यालय नर्स रचना खत्रिले आफु नियमित बिद्यालय आउने गरेको बताईन् । उनले भनिन्, बिद्यालय प्रशासन कमजोर छ । अधिकांश बिद्यार्थी १ बजेपछि बिद्यालयमा बस्दैनन् । मैले सेनेटरी प्याड बाँडेको छु । छात्राहरुले मागेपछि दिने हो । नमागे पछि कसरी आफै महिनावारी भएको थाहा पाएर दिउ । बिदालयमा भिटामिन, जुकाको औषधि, आईरन बितरण गर्दा होस अन्य समयमा पनि म बिद्यालय आईरहन्छु ।
प्याड खरीदमै घोटाला
खाँडाचक्र नगरपालिकाले सेनेटरी प्याड खरीदमै घोटाला गरेको पाईएको छ । नगरपालिकाले होलसेल मुख्यमा प्रति पाकेट २६ देखी ३० रुपैया पर्ने सेनेटरी प्याडलाई ४५ रुपैया ९५ पैसामा खरीद गरेको छ । जुन बजारमा होलसेल मुल्यमा १५ देखी १९ रुपैयासम्म बढी मुल्य हालेको छ । कमला सर्जिकल नेपालगञ्जबाट नगरपालिकाको स्वास्थ्य शाखाले २०७८ साल माघ २ गते खरीद गरेको सेनेटरी प्याड खाँडाचक्र नगरपालिकाका सबै आधारभुत र मावि बिद्यालयहरुमा बितरण गरेको छ ।
नगरपालिका स्वास्थ्य शाखा प्रमूख रबिन्द्र सेजुवालले आफुहरुले सरकारले तोकेको मापदण्ड भित्र रहेर प्याड खरीद गरेको बताए । उनले भने, हामीले मापदण्ड भित्र पर्ने प्याड खरिद गरेका छौँ । खाँडाचक्र नगरपालिका भित्रका ११ वटा माबि र ८ वटा आधारभुत बिद्यालय गरी १९ वटा बिद्यालयमा प्याड बितरण गरेका छौँ । कोटेशन मागेर सबै भन्दा कम दर भएकै सप्लाएर्सबाट प्याड खरीद गरिएको हो । नगरभित्रका ११ वडा माबिहरुमा बिद्यालय नर्सका रुपमा नगरबाटै नर्सहरु खटाईएको छ । उहाँहरुलाई बिद्यालयमा नियमित हाजिर भएर सेवा दिए पछि नगरले तलव दिने हो । बिद्यालयको प्रशासनले हाजिर प्रमाणीत गरेर पठाएपछि मात्र तलव जान्छ ।ई-कर्णाली खबर

तपाईको प्रतिक्रिया